उत्तर कोरियाले पहिलो पटक देखायो आफ्नो युरेनियम भण्डार

प्योङयाङ । उत्तर कोरियाले ठुलो मात्रामा युरेनियम थुपारेर राखिरहेको छ । हालै मात्र उत्तर कोरियाली नेता किम जोङ्ग उनले युरेनियम संवर्द्धन भण्डारको भ्रमण गरेका थिए । त्यतिबेलाको केही फोटो उत्तर कोरियाले सार्वजनिक गरेको छ ।
सो अवसरमा किमले नयाँ सेन्ट्रीफ्यूज तयार गर्न निर्देशन दिएको बताइएको छ । किमको भ्रमणको तस्बिरको साथमा उत्तर कोरियाले पहिलोपटक विश्वलाई आफ्नो यूरोनियमको भण्डारको झलक देखाएको छ ।
तस्बिरमा किम युरेनियमलाई समृद्ध बनाउने मेशिनहरू मेटल सेन्ट्रिफ्युजको लामको बिचमा छन् । किम कहिले सो केन्द्रमा गएका थिए भन्ने चाँहि खुलासा भएको छैन । किमले धेरै हतियार बनाउन आग्रह गरेको बताइएको छ ।
अमेरिका र उसको सहयोगी देशको तर्फबाट सम्भावित खतरा उल्लेख गर्दै उनले देशको परमाणु हातहतियार मजबुत बनाउनमा जोड दिएका थिए । आत्मरक्षाका लागि हतियारको सङ्ख्या बढाउन जरुरी भएको पनि उनले बताए ।
उत्तर कोरियाले आफूसँग कयौँ युरेनियम संवर्द्धन केन्द्र भएको दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित