शिक्षा मन्त्रालयको सूचनाप्रति बंगलादेशमा मेडिकल शिक्षा पढेका विद्यार्थीहरूको आपत्ति
![शिक्षा मन्त्रालयको सूचनाप्रति बंगलादेशमा मेडिकल शिक्षा पढेका विद्यार्थीहरूको आपत्ति](https://rpcdn.ratopati.com/media/albums/Doctors-clipart_6cdvdsN8E1.jpg)
काठमाडौँ । नेपालमै ईन्टर्नसीपको माग गर्दै आएका मेडिकल शिक्षा पढेका विद्यार्थीहरू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सूचनापछि थप आक्रोशित बनेका छन् । बंगलादेशमा मेडिकल शिक्षाको कोर्स पुरा गरेर नेपालमै इन्टर्नसीपको व्यवस्था मिलाउन माग गर्दै आएका उनीहरू शिक्षा मन्त्रालयको सूचनापछि आक्रोशित बनेका हुन् ।
बंगलादेशमा कोटा विरोधी आन्दोलनका कारण इन्टर्नसीप गर्न नपाएर नेपाल फर्किएका करिब अढाई सयको हाराहारीमा रहेका एमबीबीएस तथा बीडीएस अध्ययनरत विद्यार्थीहरूले नेपालमै इन्टर्नसीपको माग गर्दै आएका थिए । तर, शिक्षा मन्त्रालयले बंगलादेशस्थित सम्बन्धित कलेजले तोकेको कलेजमा मात्रै इन्टर्नसीप गर्नुपर्ने भन्दै सूचना जारी गरेको थियो । उक्त सूचनाको विरोधमा नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन,बंगलादेशले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।
एसोसिएसनका अध्यक्ष डाक्टर नवीन यादवले परराष्ट्र मन्त्रालयमार्फत बंगलादेशको मेडिकल एण्ड डेन्टल काउन्सिललाई सोधिएको प्रश्नप्रति आपत्ति जनाए ।
बंगलादेशको मेडिकल काउन्सिलमा रजिस्टर्ड हुन् । विदेशी विद्यार्थीहरूले त्यही स्थित अध्ययन गरेकै मेडिकल कलेजमा इन्टर्नसिप पुरा गर्नुपर्ने छ भनिएको छ । उता रजिस्टर्ड गर्न नचाहेर आफ्नै देशको मेडिकल काउन्सिलमा रजिस्टर्ड हुन् आफ्नै देशमा इन्टर्नसिप गर्न मिल्ने कि न मिल्ने ? प्रश्नको जवाफ देखिएन, यसबाट प्रष्ट हुन्छ हाम्रो समन्वय, कूटनीतिक कति कमजोर छ भनेर, विज्ञप्तिमा उल्लेख छ ।
छिमेकी देश भारत, पाकिस्तान लगायत विभिन्न देशका विद्यार्थीहरूले बंगलादेशमा अध्ययन गरेपनि आफ्नै देशमा इन्टर्नसिप गर्न मिल्ने प्रावधान रहेको तर, नेपाली विद्यार्थीहरूले नपाउने हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन
-
ममता कुलकर्णीमाथि प्रश्न उठाउने हिमाङ्गी सखीमाथि आक्रमण
-
लागू भयो अमेरिकामाथि चीनको ‘टिट–फ–ट्याट’ अतिरिक्त महसुल
-
सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८६ प्रतिशतले बढ्यो