एमाले सचिवालय बैठक साढे २ बजेका लागि सर्यो
शुक्रबार, २८ भदौ २०८१, १४ : २७

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको हो । पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुने उनले बताए । यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले कार्ययोजनाको टुङ्गो सचिवालय बैठकलाई दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गाउँमै अस्पताल, सबै नागरिकको स्वास्थ्य बीमा’
-
चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते
-
पर्सामा ३७ बिघामा लगाइएको गाँजा नष्ट
-
कतार एयरवेजले नेपालमा उडान सङ्ख्या बढाउन देखायो चासो, भैरहवा र पोखराबाट उडान गर्न आग्रह
-
हिमालपारिबाट पालिकाको गुहार – शिक्षा प्रणाली बिग्रिन लाग्यो, शिक्षक फर्काइदेऊ
-
वीरगञ्जमा रिपोर्टिङ गर्न गएका दुई पत्रकार घाइते