‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी, तस्बिरमा हेर्नुहोस्
![‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी, तस्बिरमा हेर्नुहोस्](https://npcdn.ratopati.com/media/news/cover-canvas-jiri_UQVqVbIby2.jpg)
काठमाडौँ । बानेश्वरको उमोजा क्याफेमा नेपालको ऐतिहासिक र पर्यटकीय नगर जिरीको सौन्दर्यलाई समेटेर ‘क्यानभासमा जिरी’ चित्रकला प्रदर्शनी सुरु भएको छ । नेपालका ६ जना कलाकारले जिरी महोत्सवमा स्थलगत कला कार्यशालामा सहभागी भई ३ दिनको जिरी बसाईका क्रममा देखे भोगेका र अनुभव गरेका कुरालाई कलाकृति मार्फत देखाएका हुन् ।
“यहाँ जम्मा ३६ थान कलाकृति प्रदर्शनीमा राखिएका छन् । जिरीको भेसभुसा, संस्कृतिका साथै बहुसांस्कृतिक परिचय बोकेको जिरीको जनजीवन र सांस्कृतिक पक्ष पनि यो प्रदर्शनमा समेटिएका कलाकृतिमा फेला पार्नुहुनेछ” क्यानभासमा जिरी कला प्रदर्शनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रदर्शनीमा ६ जना कलाकार केशवराज खनाल, किशोर रानाभाट, लिलाधर केसी, मोहन शिवाकोटी, प्रकाश मिजार र शिव शिर्पालीको कला डिस्प्लेमा राखिएको छ । कलाकारले एक्रेलिक र जलरङ (वाटर कलर) को प्रयोग गरी चित्र सृजना गरेका छन् । प्रदर्शनी २०८१ साल भदौ २८ गतेदेखि भदौ ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरुवा बन्दुकसँग खेल्दा दाइले चलाएको गोली लागेर भाइको मृत्यु
-
तीन तहका सरकारबाट लागू गरिएका कतिपय करबारे पुनर्विचार गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री
-
नेपालले लुट, भ्रष्टाचार र कर आतंकले विश्वमै रेकर्ड बनायो : प्रभु साह
-
‘कमेडी दरबार’ छोड्दै नम्रता
-
दिल्ली विधानसभा चुनावमा हार स्विकार्दै केजरीवालले भने– जनताको निर्णय हामीलाई स्वीकार्य छ
-
रचना रिमालको स्वर रहेको गीत ‘मायाले रुवायो’ सार्वजनिक