शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

स्थलगत अवलोकनपछि कुम्मराजसँग छानबिन समितिको छलफल

शुक्रबार, २८ भदौ २०८१, १२ : २५
शुक्रबार, २८ भदौ २०८१

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मितेरी सहकारीका अध्यक्ष कुम्मराज गुरुङसँग रकम हिनामिनाबारे छलफल गरेको छ । समितिले ललितपुरको महालक्ष्मीस्थानमा पुगेर स्थलगत निरीक्षणपछि अध्यक्ष गुरुङसँग छलफल गरेको सभापति सूर्य थापाले जानकारी दिएका छन् ।

उक्त सहकारीको रकम हिनामिना प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी समेत मुछिँदै आएका छन् ।  समितिले बिहीबार कार्यविधि अनुसार ३ वटा सरकारी  निकाय र १३ वटा सहकारी संस्थाहरूको स्थलगत निरीक्षण गरेको छ ।

सहकारी विभाग र सहकारी प्रशिक्षण केन्द्र, नयाँ बानेश्वर तथा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय,बुद्धनगरको समितिले स्थलगत अनुगमन गरेको छ । त्यस्तै स्वर्णलक्ष्मी, सुमेरु, सिभिल, गौतमश्री, कान्तिपुर कोअपरेटिभ, नेपाल सहकारी वित्तीय संस्था, मितेरी, लालीगुराँस, गोरखा सेभिङ, शिवशिखर र नागरिक विकास सहकारीको स्थलगत निरीक्षण, अवलोकन र वस्तुगत अवस्थिति अध्ययन गरेको समितिले जनाएको छ । 

साथै गुण मल्टीप्रपोज पुल्चोक ब्राञ्चले बचत फिर्ता गरेपछि सञ्चालन प्रक्रियाको समेत अवलोकन गरेको समितिले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप