हाथवे इन्भेष्टमेन्टले १० प्रतिशत बोनस सेयर दिने
शुक्रबार, २८ भदौ २०८१, १२ : १०
काठमाडौँ । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर दिने भएको छ ।
सञ्चालक समिति बैठकले गत आवको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समितिको घोषणा अब बस्ने साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् । कम्पनीले बुक क्लोजको मिति तय गरेको छैन ।
कम्पनीले अघिल्लो वर्ष पनि १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा पृथ्वीनारायण शाहको पूर्णकदको सालिक अनावरण
-
संसदमा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक
-
राष्ट्रिय युवा संघ नेपालले माघ १२ गते राष्ट्रिय कार्यकर्ता भेला गर्ने
-
‘केही नयाँ चाहनुहुन्छ भने परिभाषा भत्किन्छन्’
-
‘अहिलेको समसामयिक कथा लेखन अलि छिरलिएको छ’
-
‘निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वामपन्थी ध्रुवीकरण आवश्यक’