अवार्डका लागि करिस्मासहितका कलाकार उडे अमेरिका

काठमाडौँ । अभिनेत्री करिस्मा मानन्धरसहित दर्जनभन्दा बढी कलाकार अमेरिका उडेका छन् ।
सही सेप्टेम्बर १५ मा न्यूयोर्कमा आयोजना हुने ७ औँ ‘एटिए एभरेस्ट ग्लोबल नेपाली फिल्म अवार्ड २०२४’मा सहभागी हुन उनीहरू बिहीबार साँझ अमेरिका उडेका हुन् ।
नेपाली फिल्म भिलेज टु ग्लोब’ भन्ने नारासहित आयोजना हुन लागेको कार्यक्रमका लागि करिस्मासहित कृष्ण मल्ल, शर्मिला मल्ल, रवीन्द्र खड्का, केदार घिमिरे, वसुन्धरा भुसाल, शम्भुजित बास्कोटा, प्रशान्त ताम्रकार, सन्दीप क्षेत्री लगायत अमेरिका उडेका हुन् ।
सोही कार्यक्रमका लागि यसअघि नै पनि केही कलाकार अमेरिका उडिसकेका छन् । अमेरिकामा रहेका थुप्रै कलाकारको समेत कार्यक्रममा सहभागिता रहने आयोजक त्रिवेणी इन्टरटेनमेन्ट एलएलसीका अध्यक्ष नवराज केसीले बताए ।
फिल्मकर्मीलाई सम्मान, पुरस्कार र प्रोत्साहन गर्ने हेतुले विगतदेखिनै आयोजना हुँदै आएको अवार्डले यसवर्ष पनि निरन्तरता पाएको नेपाल संयोजक नेपाल फिल्म सोसाइटीका केन्द्रीय अध्यक्ष कृष्ण मल्लले बताए । संसारभर छरिएर बसेका नेपाली चलचित्रकर्मी तथा कलाकारहरूलाई एउटै स्थानमा जमघट गराएर नेपाली मौलिक कला, संस्कृतिलाई संसारभर परिचित गराउने उद्देश्य अवार्डको रहेको उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्रोहीद्वारा सुडानमा ४ सयभन्दा बढीको हत्या : राष्ट्रसंघ
-
आईसीसी पुरुष क्रिकेट समितिको अध्यक्षमा सौरभ गांगुली, अफगानिस्तानका महिला क्रिकेटरलाई विशेष सुविधा
-
आजदेखि अनलाइन मार्फत ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट प्रदान गरिँदै
-
धोनीको नामसँग जोडियो यो गजबको कीर्तिमान ! जितको श्रेय नुर अहमदलाई
-
सरकारी योजना बिक्रीबारे प्रदेश सभामा उठेको विषयले मधेस तरङ्गित
-
आन्दोलनरत शिक्षक अगुवाहरूसँग कांग्रेस महामन्त्रीद्वयको छलफल