पलेशालाई सरकारको सम्मान, खातामा जम्मा गरियो ६५ लाख (तस्बिरहरु)
![पलेशालाई सरकारको सम्मान, खातामा जम्मा गरियो ६५ लाख (तस्बिरहरु)](https://npcdn.ratopati.com/media/news/palesa_UiCLXHQZwD.jpg)
काठमाडौँ । सरकारले ऐतिहासिक पारा ओलम्पिक पदक विजेता पलेशा गोवर्द्धनलाई औपचारिक रुपमा सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्माले उनलाई प्रसंशापत्रले सम्मान गरेका हुन् ।
सोही क्रममा पुरस्कारस्वरुप उनको खातामा ६५ लाख रुपैयाँ गरिएको जानकारी दिइयो । सरकारले डिजिटल माध्यमबाट उनको खातामा सो रकम जम्मा गरेको हो । यस्तै प्रशिक्षक कविराज नेगीलाई ५ लाख ८५ हजार पुरस्कार व्यवस्थापक २ लाख ९२ हजार पुरस्कार रकम दिइएको छ ।
सरकारले राष्ट्रिय खेलकुद विकास नियमावली अनुसार सो पुरस्कार दिएको हो । यसअघि मन्त्रिपरिषद् बैठकले उनले पुरस्कारस्वरुप पाउने रकममा कर छुट दिने निर्णय गरेको थियो ।
फ्रान्सको पेरिसमा सम्पन्न पारा ओलम्पिक, २०२४ मा उनले कांस्य पदक जितेकी थिइन् । उनले तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।
नेपालका लागि पलेसाले पारा ओलम्पिक्स खेलमा पहिलो पटक पदक दिलाएकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जहाँ एकै ठाउँमा भेटिन्छ गाउँ र सहरको मौलिकपन
-
अध्यादेश लोकतन्त्रको भावना विपरीत : उपाध्यक्ष श्रेष्ठ
-
ट्रयाक खुलेको ३२ वर्षपछि कालोपत्र गरिँदै
-
यो सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
-
भरुवा बन्दुकसँग खेल्दा दाइले चलाएको गोली लागेर भाइको मृत्यु
-
तीन तहका सरकारबाट लागू गरिएका कतिपय करबारे पुनर्विचार गर्नुपर्छ : पूर्वगभर्नर क्षेत्री