आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

सुरु नै नभई सकियो न्युजिल्यान्ड–अफगानिस्तान टेस्ट

शुक्रबार, २८ भदौ २०८१, १० : ४७
शुक्रबार, २८ भदौ २०८१

काठमाडौँ । न्युजिल्यान्ड र अफगानिस्तानबिच भारतको ग्रेटर नोयडामा हुने भनिएको पहिलो टेस्ट क्रिकेट प्रतिकूल मौसमका कारण रद्द भएको छ । निरन्तरको वर्षाका कारण प्रतियोगिताको पाँचौँ तथा अन्तिम दिन शुक्रबारको खेल पनि सम्भवन भएन ।

यो टेस्ट गत सोमबार सुरु हुनुपर्ने थियो । तर, वर्षा र खराब अउट फिल्डका कारण खेलमा टससम्म हुन सकेन । भारत भ्रमणका क्रममा न्युजिल्यान्डले अफगानिस्तानसँग एकमात्र टेस्ट खेल्ने कार्यक्रम रहेको थियो ।

टेस्ट क्रिकेटको इतिहासमा लगातार पाँच दिन प्रतिक्षा गर्दा पनि टससम्म नभई खेल रद्द भएको यो केवल पटक हो । सन् १९९८ पछिको भने यो पहिलो घटना हो । पाँचौँ दिन शुक्रबार पनि वर्षा सुरु भएपछि खेल रद्द भएको हो ।

नोयडामा पछिल्लो सात दिनको अवधिमा एक हजार दुई सय मिलिमिटरभन्दा बढी वर्षा भएको बताइएको छ । यसका अतिरिक्त ग्रेटर नोयडाको स्टेडियमको दुरावस्थालाई लिएर पनि ब्यापक आलोचना भइरहेको छ ।

मंगलबार ग्राउन्ड स्टाफले पंखाको प्रयोग गरेर मैदान सुखाउने प्रयास गरिरहेको तस्बिर सार्वजनिक भएको थियो । उक्त स्टेडियमको ब्यवस्थापन पक्ष पनि निकै कमजोर रहेको भन्दै आलोचना भएको छ । क्याटरिङ स्टाफहरुले खाना पकाउन बाथरुमको पानी प्रयोग गरेको भन्दै केही भिडियो र तस्बिर पनि सार्वजनिक भएका थिए । अफगानिस्तानका खेल पदाधिकारीहरुले पनि उक्त स्टेडियम र त्यहाँको ब्यवस्थान पक्षको आलोचना गरेका छन् ।

अफगानिस्तानले अब सारजहामा दक्षिण अफ्रिकासँग तीनवटा खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्ने कार्यक्रम रहेको छ । न्युजिल्यान्डको टोली भने भारतबाटै श्रीलंका प्रस्थान गर्नेछ । न्युजिल्यान्डले श्रीलंकासँग दुई टेस्टको शृंखला खेल्नेछ । वल्र्ड टेस्ट च्याम्पियनसिपअन्तर्गत यो शृंखला खेल्न लागिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप