फ्राइडे रिलिज : बहुपतिप्रथाको कथा ‘शाम्बाला’
_nCOExQiMLh.jpg)
काठमाडौंँ । आज शुक्रबारबाट एकमात्र फिल्म ‘शाम्बाला’ प्रदर्शनमा आएको छ । थुप्रै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सहभागी फिल्म फ्राइडे रिलिज परम्परा धान्दै देशभर एकसाथ प्रदर्शनमा आएको हो । मीनबहादुर भाम निर्देशित फिल्मले राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ ।
फिल्मले हलमा शो समेत राम्रो पाएको छ । फिल्मको आइतबार काठमाडौँमा प्रिमियर पनि भएको थियो । जसमा बलिउड अभिनेता नवाजुद्दीन सिद्धिकी र निर्देशक अनुराग कश्यप समेत सहभागी थिए ।
‘शाम्बाला’ले नेपालको कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपतिप्रथाको कथा फिल्ममा विषयवस्तुको रूपमा उठाएको छ । ३ जना दाजुभाइसँग विवाह गरेकी युवती गर्भवती भएको थाहा पाएपछि उनी ल्हासामा व्यापार गर्न जाँदा हराएका जेठो श्रीमान्लाई खोज्न दोस्रो श्रीमान्सँग यात्रामा जाने कथामा निर्माण भएको छ ।
फिल्ममा थिन्ले ल्हामो, सोनम तोप्देन, तेन्जिन दल्हा, कर्मा वाङ्ग्याल गुरुङ, कर्मा शाक्य लगायतका कलाकारको अभिनय छ । फिल्मलाई नेपालमा एप्पल इन्टरटेनमेन्टले प्रदर्शनमा ल्याएको हो । फिल्म नेपालबाट अस्कर अवार्डका लागि समेत सिफारिस भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनलाई दिएको सहायताभन्दा धेरै रकमको रुसी तेल किनेको भन्दै युरोपप्रति ट्रम्प आक्रोशित
-
पोखरा महानगरका मेयर र प्रमुख प्रशासकीय अधिकृत विरुद्धको मुद्दामा सुनुवाइ हुँदै
-
कांग्रेसद्वारा प्रदेश तहमा संविधान संशोधनको एजेन्डामा छलफल, विश्वस्त छैनन् विपक्षी दल
-
रुसमाथिको प्रतिबन्ध हटाउँदैछन् ट्रम्प ?
-
ट्राफिक व्यवस्थापन तथा सुरक्षामा प्रहरी र समुदायसँगसँगै
-
संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत