शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

के हो नेपाल युथ समिट ?

शुक्रबार, २८ भदौ २०८१, १० : ०६
शुक्रबार, २८ भदौ २०८१

नेपालको युवा जनसङ्ख्या विश्वकै दृष्टिमा धेरै महत्त्वपूर्ण अवस्थामा छ । राष्ट्रिय युवा नीति २०७२ अनुसार, नेपालमा १६ देखि ४० उमेर समूहका व्यक्तिहरूलाई युवा मानिन्छ । २०७८ को जनगणनाअनुसार नेपालको ४२.५६ प्रतिशत जनसङ्ख्या युवा उमेर समूहमा पर्दछ, जुन झण्डै १ कराेड २४ लाखको हाराहारीमा । यसउमेर समूहको जनसङ्ख्या ठुलो हुनुलाई नेपाङ्ख्यिक शको रूपमा लिएको छ, जसले गर्दा यो समय नेपालका लागि स्वर्णिम अवसर हो ।

यो युवा शक्ति राष्ट्र निर्माणमा लगानी गरिएमा, देशको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासले नयाँ गति लिन सक्छ । तर, पर्याप्त अवसरको अभावले गर्दा नेपालका युवाहरू विदेश पलायन भइरहेको वास्तविकता हामीसामु छर्लङ्ग छ । पछिल्लो स्थानीय तह निर्वाचनले भने सकारात्मक सङ्केत दिएको छ । जस्तो, ४० वर्षमुनिका ४१.१४ प्रतिशत युवा निर्वाचित भएका छन्, जसले स्थानीय शासनलाई युवामैत्री बनाउने अपेक्षा गरिएको छ । तर यसको तुलनामा प्रदेश सभा र प्रतिनिधि सभामा क्रमशः २० प्रतिशत र १२ प्रतिशतमात्र युवा उपस्थिति छ, जसले नीति निर्माण तहमा युवाहरूको सहभागिता अझै न्यून रहेको देखाउँछ । यसले सङ्केत गर्छ कि युवा सहभागिता अझै प्रोत्साहित हुन आवश्यक छ, विशेष गरी नीति निर्माणका क्षेत्रमा ।

नेपालको युवा नीति परिमार्जनको विषय अहिले बहसमा छ । मौजुदा नीतिमा १६–४० उमेरलाई युवाका रूपमा परिभाषित गरिएको थियो । तर, नयाँ युवा नीतिमा १६–३०, १८–३५ वा पुरानै १६–४० मध्ये कुन उमेर सीमा उपयुक्त हुने भन्ने छलफल भइरहेको छ । अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाउँदा भारतमा १५–२९, बंगलादेशमा १८–३५, श्रीलंकामा १५–२९, र माल्दिभ्समा १८ –३४ उमेर समूहलाई युवा मानिएको छ । नेपालमा पनि यस्तै उमेर सीमा निर्धारण गर्ने विषयमा बहस भइरहेको छ ।

पछिल्लो चरणमा नेपालको द्रुत आर्थिक विकासमा सूचना प्रविधिले अभूतपूर्व क्रान्ति ल्याएको देखिन्छ । आइआइडीएसको तथ्याङ्कलाई मान्दा ने पालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेका ६६ हजार आईटी जनशक्तिले वार्षिक ६७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरिरहेका छन् । यसले नेपालमा सूचना प्रविधिको क्षेत्रमा प्रचुर सम्भावना रहेको देखाउँछ । योमात्र होइन, सूचना प्रविधि सेवा निर्या तले देशको कुल गार्हस्थ उत्पादनमा १.४ प्रतिशत र वैदेशिक मुद्रा सञ्चितिमा ५.५ प्रतिशत योगदान पुर्याएको छ ।

विदेशबाट फर्केका युवाहरूले सिकेका सिप, ज्ञान, र आर्जनगरेको पुँजीलाई स्वदेशमै परिचालन गर्नुपर्ने आवश्यकता छ । यसले देशको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउन सक्छ । विदेश फर्केका युवाहरूको उद्यमशीलता र स्वरोजगारमा संलग्न हुनका लागि राज्यले छुट्टै नीति ल्याउन आवश्यक छ ।

यति हुँदाहुँदै पनि नेपालमा युवाहरूका लागि रोजगारी, शिक्षा, स्वास्थ्य, र नेतृत्व विकास जस्ता विभिन्न क्षेत्रहरूमा उल्लेखनीय चुनौती देखिन्छन् । सन् २०२३ को विश्व युवा विकास सूचकाङ्कमा नेपाल १०८ औँ स्थानमा रहनु यसैको सङ्केत हो । नेपालका युवाहरूमा क्षमता छ, दक्षता छ, तर तिनलाई  समुचित मार्गदर्शन र अवसरको आवश्यकता छ । त्यतिमात्र होइन, नेपालको आर्थिक विकासमा युवाहरूको अभूतपूर्व योगदान सुनिश्चित गर्न यो समयले पनि माग गरेको छ ।

नेपालको युवाशक्ति विदेश पलायन हुने क्रम चिन्ताजनक छ । यद्यपि, हरेक दिन करिब २ हजार नेपाली युवा रोजगारीको खोजीमा विदेश जान्छन् भने १२ सयभन्दा बढी नेपाली युवा विदेशबाट स्वदेश फर्किरहेका छन् । तर, यी फर्केका युवाको व्यवस्थापन र अभिलेख ​​राख्ने प्रणाली अझै स्पष्ट भइसकेको छैन । विदेशबाट फर्केका युवाहरूले सिकेका सिप, ज्ञान, र आर्जनगरेको पुँजीलाई स्वदेशमै परिचालन गर्नुपर्ने आवश्यकता छ । यसले देशको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउन सक्छ । विदेश फर्केका युवाहरूको उद्यमशीलता र स्वरोजगारमा संलग्न हुनका लागि राज्यले छुट्टै नीति ल्याउन आवश्यक छ ।

नेपाल युथ समिटको उद्देश्य भनेको यही चुनौती र अवसरलाई आत्मसात् गर्दै युवाहरूलाई स्वदेशमै योगदान गर्न  उत्प्रेरित गर्नु हो । समिटले युवाहरूलाई एकताबद्ध गर्दै, उनीहरूको विचार, क्षमता र नवप्रवर्द्धनलाई अघि बढाउन सहयोग पुर्याउनेछ । समिटले उनीहरूलाई नीति निर्माण, उद्यमशीलता, नेतृत्व विकास र समृद्धिको मार्गदर्शनमा अभिप्रेरित गर्नेछ ।

नेपाल युथ समिट २०७८ को मुख्य उद्देश्य भनेको नेपाली युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउनु र उनीहरूलाई राष्ट्र निर्माणमा अग्रसर गराउनु हो ।

नेपाल युथ समिटका मुख्य उद्देश्य

देशभरिका विभिन्न क्षेत्रमा काम गरिरहेका, आफ्नो ऊर्जाशील समय कुनै क्षेत्रको उत्थानका निम्ति खर्चिरहेका युवाह रू लाई एउटै मञ्चमा ल्याएर राष्टनिर्माणको एउटा साझा सङ्कल्प गर्न नेपाल युथ समिट आयोजना गरिएको हो ।

हामी हाम्रो देशकसरी निर्माण गर्न सक्छौँ त ? देशमा आर्थिक समृद्घि कसरी ल्याउन सक्छौँ ? देशभित्रै र ोजगारी कसरी सिर्जना गर्न सक्छौँ ? देशमा उद्यमशीलताको अवस्था कसरी सिर्जना गर्न सक्छौँ ? देशको शिक्षामा कसरी परिवर्तन गर्न सक्छौँ ? देशमा युवाको भविष्य कसरी सुनिश्चित गर्न सक्छौँ ? समग्र रूपमा हाम्रो सुन्दर नेपाललाई ‘समृद्घ नेपाल’ बनाउनका लागि हरेक क्षेत्रमा लागिरहेका मान्छेले साझा रूपमा कसरी अगाडि बढ ्ने भन्ने विषयमा एउटा गम्भीर मन्थन, छलफल, बहस गरौँ र एउटा साझा धारणा बनाउने मूल ध्येयले नेपाल युथ समिट आयोजना गरिएको हो ।

उसो तयसअघि पनि विभिन्न सम्मेलन नभएका होइनन् । समय समयमा विभिन्न सम्मेलन भइरहेकै छन् । तर ती सम्मेलनमा शिक्षा क्षेत्रका व्यक्तिहरू एक ठाउँमा उभिने, राजनीतिक क्षेत्रका व्यक्ति एउटा मञ्चमा उभिएर वा सो क्षेत्रकेन्द्रित सम्मेलन हुने, उद्योग व्यवसायीहरूको मात्र सहभागी रहेर अर्काे सम्मेललन तथा कलाकारहरूको पनि छुट्टै सम्मेलन भइरहेकै हुन् । तर सबै सम्मेलन सम्बन्धित एउटा क्षेत्रमा मात्र केन्द्रित भएर गरिने परिपाटी छ ।

तर सबै क्षेत्रका स्थापित युवा जो आ–आफ्नो क्षेत्रमा प्रचुर हौसला, ऊर्जा र क्षमता बोकर काम गरिरहेका छन्, उनीहरूलाई एउटै मञ्चमा उभ्याएर साझा धारणा, साझा छलफल गर्ने एउटा विशेष मञ्चको रूपमा नेपाल युवा सम्मेलन आयोजना गरि एको हो ।

खेलकुद क्षेत्रमा लागेकाहरूलाई उद्योगका बारेमा ज्ञान नहुन सक्छ । उद्योगको ज्ञान भएकालाई राजनीतिको ज्ञान नहुन सक्छ । त्यस्तै राजनीतिको ज्ञान भएकाहरूसँग व्यापार व्यवसायका बारेमा ज्ञान नहुन सक्छ । त्यसैले सबै क्षेत्रमा काम गरिरहेका युवाहरू एकै ठाउँमा बसेर एकअर्काको अवधारणाहरू आपसमा बाँढेर नयाँ, साझा एउटा सङ्कल्प गर्न नेपाल युथ समिटको आवश्यकता महसुस गरेर फरक–फरक क्षेत्रका सफल व्यक्तिका फरक–फरक क्षमतालाई एउटै मञ्चका माध्यमले सङ्कलन गरेर त्यसको फ्युजन गर्न सके एउटा पृथक अवधारणा निकाल्न सकिन्छ भन्ने यस समिटको मुख्य अवधारण छ ।

देशभित्रै बसेर निराशाको मात्र कुरागरेर सकारात्मक परिवर्तनको कल्पना गर्न सकिँदैन । यो देशभित्र पनि केही राम्रो काम गर्न सकिन्छ । नेपालभित्र पनि प्रचुर सम्भावना छन् । समस्या भनेको एउटा ठुलो अवसरसमेत हो । कुनै पनि समस्याले अवसर पनि जन्माउन सक्छ ।

बदयगतस समिटमा मुख्यतः युवा उद्यमी, खेलाडी, पत्रकार, कलाकार, साहित्यकार, सबै तह तथा क्षेत्रका जनप्रतिनिधि, राजनीतिकर्मी, युवा सामाजिक अभियन्ता लगायतलाई निमन्त्रणा गरिएको छ। कुनै न कुनै रूपमा देश निर्माण वा समाजलाई परिवर्तन गर्ने सोच भएका जोसुकै युवाले यस समिटमा भाग लिन पाउने सुनिश्चितता गरिएको छ ।

देशभित्रै बसेर निराशाको मात्र कुरागरेर सकारात्मक परिवर्तनको कल्पना गर्न सकिँदैन । यो देशभित्र पनि केही राम्रो काम गर्न सकिन्छ । नेपालभित्र पनि प्रचुर सम्भावना छन् । समस्या भनेको एउटा ठुलो अवसरसमेत हो । कुनै पनि समस्याले अवसर पनि जन्माउन सक्छ । त्यसैले देशका सबै युवा मिलेर देशभित्रै अवसर खोजौँ, देशमै अवसर निर्माणका कुरा गरौँ, उद्यमशीलताका कुरागरौँ भन्ने सोचले यो समिट आयोजना गरिएको हो ।

देशलाई शैक्षिकरूपमा कसरी रूपान्त्रण गर्न सकिन्छ ? स्थायित्व र नैतिकतायुक्त राजनीति कसरी स्थापना गर्न सकिन्छ ? देशभित्र उद्योगधन्दाको विस् तार कसरी गर्न सकिन्छ ? रोजगारी सिर्जना कसरी गर्न सकिन्छ ? पर्यटन तथा खेलकुदलाई कसरी विकास र विस्तार गर्न सकिन्छ ? साथै नेपालका अन्य सामाजिक पक्षको विस्तारका निम्ति सकारात्मक सन्देशकसरी प्रवाह गर्न सकिन्छ भन्ने मुख्य उद्देश्य यस समिटले लिएको छ ।

सारांशमा भन्दा समिटको विस्तारित उद्देश्य निम्नानुसार छन् :

१. युवाहरूलाई उद्यमशीलता र रोजगारी सिर्जनामा प्रोत्साहन गर्ने : समिटको प्राथमिक उद्देश्य भनेको युवाहरूलाई  स्वरोजगार र उद्यमशीलतामा लाग्न उत्प्रेरित गर्नु हो । स्वदेशमै व्यवसाय स्थापना गर्न, रोजगारी सिर्जना गर्न र देशको समृद्धिमा योगदान पु्याउन युवाहरूलाई मार्ग दर्शन गर्नेछ ।

२. नेतृत्व र क्षमता विकासको अवसर प्रदान गर्ने : युवा नेतृत्वको विकासमा समिटले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । देशभरका सक्षम र स्थापित युवाहरूको विचार आदानप्रदान गर्दै नेतृत्व विकासका सम्भावनाहरू खोज्ने प्रयास हुनेछ ।

३. नवप्रवर्तन र उद्यमशीलतामा सहकार्य प्रवर्द्धन गर्ने : समिटले युवा उद्यमीहरूलाई एकै मञ्चमा ल्याएर नवप्रवर्तन र नयाँ व्यवसायिक स म्भावनाहरूको खोजी गर्नेछ । यसले स्वदेशमै रोजगार सिर्जना गर्ने वातावरण तयार गर्नेछ ।

४. सामाजिक नवप्रवर्तन र राष्ट्र निर्माणमा युवाहरूको भूमिका बलियो बनाउने : सामाजिक नवप्रवर्तनको मार्फत, युवाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्नेछन् सकिसिमको सोच र पहललाई अघि ब्रेरित गर्नेछ ।

५. यो समिटको उद्देश्य युवाहरूमा नयाँ आशा, नयाँ भरोसा, हौसला, उत्साह, नयाँ जोस, नयाँ जाँगर र नयाँ ऊर्जा थप्नु हाे । साझा बहस र छलफलबाट नयाँ अवसर र सम्भावनाको खोजी गर्दै देशमै केही गर्न सकिन्छ र केही नकेही प्रयास निरन्तर गर्नुपर्छ भन्ने सकारात्मक सन्देशप्रवाह गर्नु हो ।

६. साझा एजेन्डा र सङ्कल्प तयार गर्ने : समिटको अन्त्यमा विभिन्न क्षेत्रमा योगदान पु¥याइरहनु भएका युवाहरूले साझा बिचार र साझा धार णामार्फत एउटा घोषणापत्र जारी गर्नेछन्, जसले युवाहरूको भूमिकालाई थप संस्थागत, थप सशक्त र प्रभावकारी बनाउने छ ।

७. घोषणापत्र जारीः समिटको अन्त्यमा, देशभरका युवाहरूको साझा सङ्कल्पका रूपमा सातबुँदे घोषणापत्र जारी गरिनेछ । बदयगतस घोषणापत्रले युवालाई भोलिका लागि दिशानिर्देश तयार पार्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेन्द्रजंग शाही
भुपेन्द्रजंग शाही
लेखकबाट थप