‘मिस पवि’को कमेडी अनुभव : मेहनत धेरै, काम गाह्रो
काठमाडौँ । टिकटक हुँदै म्युजिक भिडियोमा जमेकी मोडल हुन् पवित्रा साकी अर्थात ‘मिस पवि’ । उनी पछिल्लो समय आफूलाई कमेडी कलाकारको रूपमा समेत प्रस्तुत गरिरहेकी छन् ।
कमेडियन विक्की अग्रवालले निर्माण तथा निर्देशन गरेकोे कमेडी शो ‘कमेडी दरबार’मा उनी केही सातादेखि नियमित देखिँदै आएकी छन् ।
कमेडी अनुभव अलिअलि दुःखद् र अलिअलि सुखद् रहेको ‘मिस पवि’ले बताइन् । ‘सुरुका दिनदेखिनै राम्रो रेस्पोन्स पाइरहेको छु । सबैबाट साथ पनि मिलेको छ । अझै राम्रो गर्नु भनेर धेरैले प्रतिक्रिया दिइरहेका छन्’, उनले भनिन् ।
अहिलेसम्म गरिरहेको काममध्ये यो शोबाट केही नयाँ अनुभूति गर्न पाएको उनले बताइन् । त्यसको त किन कमेडी गरेको भनेर उनलाई गाली गर्ने पनि छन् ।’
कमेडी मोडलिङ जस्तो सजिलो छैन भन्ने उनले बुझेकी थिइन् । त्यसैले अफर आउँदा पहिले सक्दिनँ कि भन्नेसमेत लागेर उनले काम गर्न आनाकानी गरेकी थिइन् ।
टिमका सदस्य तथा चिनेजानेकाले काम गर्दा राम्रो हुन्छ भनेर उनलाई लगातार हौसला दिए । त्यसपछि उनी शोमा प्रवेश गरिन् ।
‘अरु अभिनयको तुलनामा कमेडीमा मेहनत धेरै गर्नुपर्दाे रहेछ,’ मिस पविले भनिन्, ‘अरुलाई हँसाउन कहाँ सजिलो रहेछ र ? त्यो त निकै गाह्रो हुँदो रहेछ ।’
सुरुमा कमेडीमा डर लागेको, कसरी गर्ने, कस्तो गर्ने भन्नेमा निकै कन्फ्युज भएको उनले बताइन् । तर, काम गर्दै जाँदा बिस्तारै डर हराएर आफूलाई सहज हुँदै गएको उनले सुनाइन् ।
‘अहिले कन्फिडेन्ट बढेको छ । मेरो लागि यो नयाँ सिकाइ भयो’, मिस पविले भनिन्, ‘फरक–फरक कामको अनुभव पनि लिनुपर्छ । त्यसले आफूलाई निखार्छ ।’
कमेडीमा उनले अरुमाथि मात्र होइन, आफूलाई समेत उडाउनु परेको छ । आफूले आफूलाई उडाउनु पर्दा गाह्रो महसुस गरेकी छन् उनले । टिमभित्र सबैले सबैलाई उडाउने भएकाले बिस्तारै अप्ठ्यारो हुन छाडेको उनले सुनाइन् ।
दुई भाग प्रसारण भएको ‘कमेडी दरबार’को पहिलो भागमा उनी साइन्टिस्टको श्रीमती र दोस्रोमा डाक्टरको प्रेमिका बनेर देखापरेकी थिइन् । अन्य भागमा फरक–फरक भूमिकामा रहने उनले बताइन् ।
टिकटक र मोडलको परिचयपछि उनी कमेडीमा होमिएकी हुन् । आगामी दिनमा कमेडियन भन्दा पनि मोडलकै रूपमा चिनिने उनको इच्छा छ । कलाकारितामा आफूलाई सबैतिर चिनाउने काम मोडलिङले गरेकाले काम जे गरे पनि आफू मोडलको रूपमै चिनिन चाहेको उनले बताइन् ।
‘मिस पवि’ कमेडीको अलावा फिल्मको दौडमा पनि छिन् । केही अगाडि उनको अभिनय रहने फिल्म ‘राजमहल’ घोषणा भएको थियो । उक्त फिल्म छायाङ्कनको भने अत्तोपत्तो छैन । फिल्मको छायाङ्कन मंसिरबाट हुने तयारी भइरहेको उनले बताइन् ।
‘राजमहल’ बाहेक अहिले पनि उनीसँग अन्य फिल्मका अफर छन् । ती फिल्मको स्क्रिप्ट अध्ययनमा आफू रहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठगी मुद्दा फरार प्रतिवादी पक्राउ
-
मिथानोल विषाक्तताका कारण लाओसमा चौथो पर्यटकको मृत्यु
-
सर्वोच्चको आदेशसँगै मापदण्ड भित्रका संरचना तत्काल भत्काउन नपाइने, के हुन्छ अबको प्रक्रिया ?
-
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
-
कांग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन विधेयक फिर्ता