मन्त्रिपरिषद् बैठक
लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त
बिहीबार, २७ भदौ २०८१, २१ : ४६
काठमाडौँ । लगानी बोर्डको सीईओमा सुशील ज्ञवाली नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपालको विकास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको लगानी बोर्डको अध्यक्ष पदमा प्रधानमन्त्री केपी शर्मा ओली छन् । उपाध्यक्षमा अर्थमन्त्री विष्णु पौडेल छन् ।
बैठकले प्रशासन तर्फका ५१ जना सहसचिवको सरुवा गर्ने निर्णय समेत गरेको छ । त्यस्तै बैठकले बाणिज्य सचिव मधुसुदन बुर्लाकोटीलाई तथ्यांक विभागमा सरुवा गर्ने निर्णय गरेको छ भने बाणिज्यमा ज्ञानेन्द्र कार्कीलाई सरुवा गर्ने निर्णय गगरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो
-
दिल्लीमा महत्वपूर्ण सम्झौता गरेर खानेपानीमन्त्री यादव स्वदेश फिर्ता
-
१२ बजे, १२ समाचार : राजनीतिमा फर्किने चर्चाबीच विद्या भण्डारीको प्रधानमन्त्रीलाई सन्देशदेखि माओवादी अभियानसम्म
-
सन्त नेता किसुनजीको १४ औँ स्मृति दिवसमा गङ्गा आरती
-
दिल्लीलाई हराउँदै एपीएफ क्वाटरफाइनलमा
-
एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस