सांस्कृतिक कार्यक्रमहरूमा राजनीतिक गन्ध आउनु हुँदैन : उपप्रमुख डंगोल

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सांस्कृतिक कार्यक्रमहरूमा राजनीतिक गन्ध आउनु नहुने बताएकी छिन् । बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उपप्रमुख डंगोलले सांस्कृतिक कार्यक्रमहरूमा कुसंस्कारका पक्षहरूको गन्ध आउन नहुने पनि उल्लेख गरिन् । उनले सांस्कृतिक कार्यक्रममा कुसंस्कार र राजनीतिका गन्ध आउन नदिन सबै जना एकजुट हुन आवश्यक रहेको बताइन् । उनले सांस्कृतिक पर्वहरूमा सबैजना रमाउने र खुसी हुने पर्व भएको बताइन् ।
उनले भनिन्, ‘सांस्कृतिक कार्यक्रमहरूमा कुनैपनि राजनीतिक गन्ध आउनु हुँदैन । कुसंस्कारका पक्षहरूको गन्ध आउनु हुँदैन । त्यसलाई न्यूनीकरण गर्न हामी सबै जना एकजुट हुन आवश्यक छ ।’
उपप्रमुख डंगोलले रमाउन र खुसी हुने वातावरण बनाउनका लागि काठमाडौँ महानगरपालिका सरोकारवाला निकायहरूसँग नजिकबाट नै काम गरिरहेको पनि बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा पूर्वराजालाई अनुसन्धानको दायरामा ल्याइनुपर्छ : महेश बर्तौला
-
मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योग मन्त्री
-
विकास र समृद्धिमा पर्यटन क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री कार्की
-
भीमेश्वर नगरपालिकामा वडाको पहलमा पढ्दै सीप सिक्दै विद्यार्थीहरू
-
नयाँ बजेटको खाका कोर्न अर्थ मन्त्रालयका ढोका बन्द
-
विद्यार्थी भनेका राष्ट्र निर्माणदेखि परिर्वतनका संवाहक हुन् : मन्त्री यादव