अख्तियारले पहिलो पटक सम्पत्ति शुद्धीकरणमा दाबी गर्दै दायर गर्यो मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहिलो पटक सम्पत्ति शुद्धीकरण अभियोग समेत दाबी गरेर मुद्दा दायर गरेको छ। अख्तियारले लुम्बिनी विकास कोषका इन्जिनियर एवं पूर्वयोजना प्रमुख सरोज भट्टराई र उनकी आमा जनक नन्दनी भट्टराईविरुद्ध सम्पत्ति शुद्धीकरणको दाबी लिएको हो ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको ऐनले सम्पत्ति शुद्धीकरण विभागको मुद्दा दायर गर्ने अधिकार जिल्ला सरकारी वकिल कार्यालयलाई दिएको छ । यो मुद्दा जिल्लामा दर्ता हुने कानुनी व्यवस्था छ । यसअघि विशेष अदालतमा सम्पत्ति शुद्वीकरण विभागले दर्ता गर्ने गरेको थियो । पहिलोपल्ट अख्तियारले नै यो मुद्दा दायर गरेको हो ।
सम्पत्ति शुद्धीकरणसँगै भ्रष्टाचारको दाबी पनि अभियोगपत्रमा गरिएको छ । भट्टराईविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा हो ।
लुम्बिनी विकास कोषका इन्जिनियर सरोज भट्टराईविरुद्ध अख्तियारले यसअघि पनि भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेषले दोषी ठहर गरेको छ । पहिलो मुद्दामा विशेषले भट्टराईलाई ६ वर्ष कैद सजाय सुनाइको थियो । भट्टराईविरुद्ध बिहीबार १ करोड ८५ लाख रुपैयाँ घुस लिएको दाबी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालढुङ्गा–बेनी सडक धमाधम स्तरोन्नति हुँदै
-
पहुँचका भरमा अनुदान पाएका होमस्टे बन्द भए
-
घरेलु मैदानमा हङ्कङलाई हराउँदै लगातार तेस्रो जित निकाल्ने धुनमा नेपाल
-
अमेरिकासँगको व्यापार युद्ध चर्किँदै गर्दा ५.४ प्रतिशतले बढ्यो चीनको अर्थतन्त्र
-
अमेरिकी–इजरायली बन्दीसँग सम्पर्क टुट्यो: हमास
-
हमासले मानेन इजरायलको प्रस्ताव