कर्णाली राजमार्ग अवरुद्ध : निरन्तर वर्षा हुँदा पहिरो हटाउन सकस
बिहीबार, २७ भदौ २०८१, १९ : २३

सुर्खेत । निरन्तर वर्षा हुँदा बुधबार कर्णाली राजमार्गमा गएको पहिरो हटाउन सकस भएको छ । जसका कारण कर्णाली राजमार्ग सञ्चालनमा आउन केही दिन लाग्ने देखिएको छ ।
कालिकोट प्रहरीले पहिरो हटाउने कार्यमा समस्या भइरहेको हुँदा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । पहिरोका कारण राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१, गगने खोला र एस मोडमा पहिरो खसेको छ ।
पहिरो हटाउन स्काभेटर गएपनि निरन्तर लेदो आइरहेका कारण हटाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म