बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

खोला मापदण्ड पीडित संघर्ष समिति र ८ संगठनहरु मिलेर संयुक्त मोर्चा निर्माण

बिहीबार, २७ भदौ २०८१, १९ : १७
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समिति र अन्य ८ संगठनहरु मिलेर संयुक्त मोर्चा निर्माण गरेका छन् । बिहीबार संघर्ष समिति र अन्य ८ संगठनहरु मिलेर सर्वोच्चको फैसलाविरुद्ध आन्दोलन गर्न संयुक्त मोर्चा निर्माण  गरिएको हो । 

संघर्ष समितिले काठमाडौँ उपत्यकाका खोला किनारमा संरचना बनाउँदा थप २० मिटर छाड्नुपर्ने सर्वोच्चको फैसलाविरुद्ध आन्दोलन गर्दै आएको छ । 

संघर्ष समितिमा राष्ट्रिय मुक्ति क्रान्ति, पहिचानवादी मोर्चा, उपत्यकाब्यापी सडक बिस्तार पीडित संघर्ष समिति, दलितको लागि दलित अभियान, भ्रष्टाचार विरोधी अभियान, यलः नेवा समाज, सेभ नेपा भ्याली, र सहकारी पीडित संघर्ष समिति मिलेर संयुक्त मोर्चा गठन गरेका हुन् । 

संयुक्त मोर्चाले यही भदौ ३१ गते ललितपुरको कुपोण्डोल पुल नजिक खोला छेउमा विशाल आमसभा र असोज ३ गते माइतीघर मण्डलामा विशाल जनप्रदर्शन गर्ने भएको छ ।  

बिहीबार भएको कार्यक्रममा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो पनि उपस्थिति भएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप