महिला उद्यमी महासंघ नेपालद्वारा पलेशा सम्मानित
बिहीबार, २७ भदौ २०८१, १८ : ५९
![महिला उद्यमी महासंघ नेपालद्वारा पलेशा सम्मानित](https://npcdn.ratopati.com/media/news/4_nvmx1fMAPq.jpg)
काठमाडौँ । महिला उद्यमी महासंघ नेपालले पारा तेक्वान्दोकी ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
महिला उद्यमी महासंघ नेपालले आफ्नो २१औँ वार्षिक साधारण सभाको अवसरमा बिहीबार पलेशालाई नगदसहित सम्मान गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउत र महासंघकी अध्यक्ष शोभा ज्ञवालीले पलेशालाई सम्मानपत्र र नगद ५० हजार ५ सय रुपैयाँसहित सम्मान गरे । अध्यक्ष ज्ञवालीले आफ्नो व्यक्तिगत तर्फबाट पलेशालाई नगद सम्मान गरेकी हुन् ।
पलेशाले यो प्रतिस्पर्धामा लड्नभन्दा अगाडि समाजसँग लड्न आफूले धेरै चुनौतीको सामना गर्नु परेको उल्लेख गर्दै आफूमा आत्मविश्वास र दृढ सङ्कल्प भए हरेक अफ्ठ्यारा परिस्थिति पार गर्न सकिने बताइन् । उक्त कार्यक्रममा पलेशाका पिता प्रदीप गोवर्धनलाई पनि सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२७ वर्षपछि दिल्लीमा भाजपाको कमब्याक, यी हुन् जितका कारण
-
राखेप सदस्य सचिवको कार्यकक्ष तोडफोड भएकोप्रति खेलकुद संघहरुको विरोध
-
सामन्थासँगको सम्बन्धविच्छेदबारे नागा चैतन्यले भने, 'मलाई अपराधीजस्तो व्यवहार गरियो'
-
कानुन व्यवसायी पार्षद् निर्वाचन : मतपरिणाम सार्वजनिक
-
दिल्ली विधानसभा चुनावमा निल भएपछि राहुल गान्धीले के भने ?
-
मुक्तकमैया र कमलरीको समस्या समाधान गर्न सरकारले पहल गर्छ : मन्त्री राणा