मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन रोकिएकोप्रति नेविसंघको आपत्ति
![मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन रोकिएकोप्रति नेविसंघको आपत्ति](https://rpcdn.ratopati.com/media/albums/Nebisangh_3UrYDu8rZg.jpg)
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु निर्वाचन स्थगन भएकोमा आपत्ति जनाएको छ । भदौ २८ गते हुन लागेको स्ववियु निर्वाचन अन्तिम समयमा आएर स्थगित भएपछि नेविसंघले आपत्ति जनाएको हो ।
नेविसंघका प्रवक्ता सुरज सेजुवालले एक विज्ञप्ति जारी गर्दै नेविसंघको जित सुनिश्चित भएसँगै षड्यन्त्रपूर्वक अन्तिम घडीमा दोस्रो पटक निर्वाचन स्थगित गरिएको बताए ।
निर्वाचनको पूर्वनिर्धारित कार्यतालिका मतदाताको प्रथम नामावलीमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय स्कुल अफ साइन्स एण्ड टेक्नोलोजी वि.एस्सी बायोलोजी समूह पाँचौँ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको नाम मतदाता नामावलीमा समावेश नहुनु, नामावलीमा नाम छुटेका विद्यार्थीहरूले मौखिक जानकारी गराउँदा समेत निर्वाचन समितिले कुनै सुनुवाइ नगर्नु जस्ता कारणले निर्वाचन रोकिन पुगेको हो ।
तत्कालै निर्वाचनका बाँकी कार्यक्रमहरू सुचारु गरी मतदान गर्ने वातावरण बनाउन कुलपति, उपकुलपतिलगायत विश्वविद्यालयका पदाधिकारी र निर्वाचनका लागि गठित निर्वाचन समितिसँग माग गरे ।
एक सूत्रीय माग तत्काल सम्बोधन नभए कुलपति, उपकुलपति लगायत विश्वविद्यालयका पदाधिकारी र निर्वाचन समितिविरुद्ध सशक्त आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य हुने नेविसंघले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता