मुद्दा मिलाइदिन्छु भन्दै घुस लिने साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षकविरुद्ध मुद्दा

काठमाडौँ । मुद्दा मिलाइदिन्छु भन्दै प्रतिवादीको परिवारसँग पैला लिने साइबर ब्यूरोका तत्कालीन प्रहरी निरीक्षक बुद्धि प्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत मुद्दा दायर गरेको छ ।
सुवेदीले साइबर अपराध मुद्दा मिलाई दिन्छु भनी प्रतिवादीका दाजुसँग ९९ हजार रुपैयाँ घुस लिएको उजुरी परेको थियो । आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार उजुरी सम्बन्धमा अनुसन्धान हुँदा सुवेदीले घुस लिई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर गरेको पुष्टि भएको हो ।
सुवेदीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो ९९ हजार रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद सजाय माग गरिएको छ । त्यस्तै सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना हुन मागदाबी लिई बिहीबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेको भनाई छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षौपछि नाचघरमा फेरि ‘मुनामदन’
-
इमानदार कार्यकर्ताहरूले ओलीको गलत कार्यलाई स्विकार्दैनन्ः साह
-
‘नेपालको परराष्ट्र सम्बन्ध : सङ्क्रमणकाल र प्रो. नरेन्द्रमणि दीक्षित’
-
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याबको उद्घाटन
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी