वाल्डो क्यासिनोका म्यानेजरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौँ । ६० किलो सुन प्रकरणमा पक्राउ परेका वाल्डो क्यासिनोका म्यानेजरलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ । जिल्ला अदालत काठमाडौँले बिहीबार वाल्डोका म्यानेजार तथा लेखा हेर्ने टेरेन्स टिएसईलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठमेलस्थित वाल्डो क्यासिनोका म्यानेजरलाई पक्रेर अदालतमा उपस्थित गराएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा ‘वाल्डो क्यसिनो’ पनि जोडिएको थियो । सुन तस्करले अनधिकृत रूपमा क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्युरोले क्यासिनोमाथि अनुसन्धान गरिरहेको थियो ।
सुन तस्करी जाँचबुझ आयोगले वाल्डोमाथी थप अनुसन्धान गर्न सिफारिस गरेपछि ब्यूरोले त्यसबारे अनुसन्धान गरेर पूरक अनुसन्धान प्रतिवेदन बुझाएको थियो । फरार सूचीमा रहेका चिनियाँ नागरिक टेरेन्स काठमाडौँ आएको सुराक पाएपछि ब्यूरोको टोलीले उनलाई पक्राउ गरेर अदालत उपस्थित गराएको हो । चिनियाँ सुन तस्कर ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग वाल्डोमा खेल्न गइरहन्थे । तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका ‘एलेक्स’ ले वाल्डो क्यासिनोमार्फत अनधिकृत रूपमा रकम हङकङ पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
चिनियाँ नागरिकको व्यवस्थापनमा संचालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि संचालनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
-
कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती
-
नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग
-
पाकिस्तानविरुद्ध भारतीय फास्ट बलर शामीले बनाए यस्तो खराब रेकर्ड
-
सिराहामा किशोरी मृत्यु प्रकरण : घटना ‘मिलापत्र’ गराउन खोज्ने ८ जना नियन्त्रणमा