आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

‘कांग्रेस  र एमाले मिल्दा देशमा खुसीयाली’

बिहीबार, २७ भदौ २०८१, १८ : ०४
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस  र एमाले मिल्दा देशमा खुसीयाली आएको बताएका छन् । बिहीबार  पार्टीबाट विजयी स्थानीय तहका प्रमुखहरूलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले सुरुमा पार्टीका सबै साथीहरू चिन्तित भए पनि अहिले आएर पार्टीका नेता मात्र नभई देशमा नै खुसी ल्याएको बताएका हुन् । 

उनले  भने,  ‘हिजो एमाले र माओवादी मिल्दा पार्टीका सबै साथीहरू चिन्तित थिए, डराइरहेका थिए । साथीहरूको भावनाअनुसार मैले एमालेका नेता केपी ओलीसँग कुरा गरेर सहमतिमा पुग्यौँ । सहमतिले उहाँ प्रधानमन्त्री हुनुहुन्छ । दुई  वर्षपछि  उहाँले प्रधानमन्त्री छोड्ने सहमति भएको छ । साथसाथै दुईवटा पार्टीको बिचमा जुन सहमति भएको छ त्यसले मलाई विश्वास छ ओलीजीको पनि त्यस्तो अरू पार्टी सिध्याउने कुरा गर्नुभएको छैन । सबैलाई मिलाएर लैजान चाहन्छौँ । हामीबिच भएको सहमतिले देशभर खुसी ल्याएको छ ।’

साथै उनले पार्टी छोडेर गएकाहरू पुन पार्टीमा फर्किन थालेको बताए । उनले पार्टीलाई कमजोर बनाउने षडयन्त्र भइरहेको बताउँदै सचेत रहन पार्टी पदाधिकारीहरूलाई आग्रह गरे । उनले दुई पार्टी मिलेपछि अरू पार्टीलाई सिध्याउने नीति कांग्रेसको नभएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप