गणेश बस्नेतलाई सोधपुछ मात्र गर्न खोजिएको हो : साइबर ब्यूरो

काठमाडौँ । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई नियन्त्रणमा लिन बागबजारस्थित हार्दिक होटलमा पुगेको साइबर ब्यूरोको टोली फर्किएको छ । हार्दिक होटलमा पत्रकारहरूसँग ‘विवाद’ भएपछि इन्स्पेक्टर नेतृत्वको टोली पछि हटेको हो ।
बस्नेतले सञ्चालन गरेको अनलाइन पोर्टलमा प्रसारण भएको भिडियोको विषमा निवेदन परेपछि ब्यूरोले उनलाई नियन्त्रणमा लिन खोजेको थियो । प्रेस काउन्सिलको कानुन मिचेर प्रहरीले उनलाई नियन्त्रणमा लिन खोजेपनि पत्रकारहरूको विरोधका कारण बस्नेत सहभागी कार्यक्रम स्थलबाट प्रहरी फर्किन बाध्य भएको छ । बस्नेतलाई सोधपुछ मात्र गर्न खोजिएको साइबर ब्यूरोका एसपी दीपक राज अवस्थीले बताए । उनले भने, ‘सोधपुछ मात्र गर्न खोजेका हौँ ।’
सोधपुछ गर्न कार्यालयमा बोलाउन सक्ने विकल्प छाडेर ब्यूरोका डीआईजी नबिन्द अर्यालले उनलाई पक्राउ गर्न कार्यक्रमस्थलमा प्रहरी पठाएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सीतामढीमा नेपाल-भारत सीमा सुरक्षासम्बन्धी संयुक्त बैठक सम्पन्न
-
सरकारले गर्दा जनता आक्रोशित भए : डा.शेखर कोइराला
-
सामसङले ल्यायो नयाँ वर्ष अफर
-
विश्वकप एसिया छनोटका लागि यु-१९ टोली घोषणा
-
बार निर्वाचन : मिश्र श्रेष्ठभन्दा एक हजार १४३ मतले अगाडि, कहिले सकिन्छ मतगणना ?
-
कांग्रेस र कम्युनिस्टको नीतिको कारण देशमा विकास पछि परेको हो : उपेन्द्र यादव