पर्सामा ट्याङ्करको ठक्करबाट मोटरसाइकल चालक घाइते
बिहीबार, २७ भदौ २०८१, १७ : ५४

वीरगन्ज । पर्साको सुख्खा बन्दरगाह नजिकै ट्याङ्करको ठक्करबाट एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । बिहीबार अपराह्न ट्याङ्करको ठक्करबाट एक जना मोटरसाइकल चालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
ट्याङ्करको ठक्करबाट वीरगन्ज–१७ अलौंका २२ वर्षीय टिनु कुमार साह तुराहा गम्भीर घाइते भएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले बताए ।
उनका अनुसार वीरगन्ज महानगरपालिका –१७ अलौंस्थित एकीकृत भन्सार जाँच चौकीको एरियामा बिहीबार अपराह्न ट्याङ्करको ठक्कर दिँदा मोटरसाइकल चालक तुरहा गम्भीर घाइते भएका हुन ।
घाइते तुराहाको बाराको नौतनस्थित एएलएस न्यूरो अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता भारती बताउँछन् । प्रहरीका अनुसार, ठक्कर दिने ट्याङ्कर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बहुआयामिक महत्वको मधानी महोत्सव सुरु
-
६ महिनामा १४ हजार सैनिक विपद् व्यवस्थापनमा परिचालन
-
दुबई पुगेका उपेन्द्रले भने- विभेदकारी राज्य ध्वस्त पार्न अन्तिम लडाइँ लड्नुपर्छ
-
कम्युनिस्ट नेताहरूको छोराछोरी कहाँ कहाँ पढ्छन् सार्वजनिक गरौँ : सुदन किराती
-
नयाँ शक्तिद्वारा ९ जना केन्द्रीय सदस्य मनोनयन, क–कसले पाए महत्त्वपूर्ण जिम्मेवारी ?
-
पाथीभरा क्षेत्रमा भएको विवाद समाधान गर्न एमालेकाे माग