पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टी समितिका साथीहरूबिच हार्दिकता छैन : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीका तल्ला समितिका सदस्यबिच हार्दिकता कम भएको बताएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा नेपाली कांग्रेसले नेतृत्व गरेका उत्कृष्ट गाऊँ र नगरपालिकालाई सम्मान कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
‘देशभर घुमिरहँदा मैले के पाएको छु भने निर्वाचित भएको जनप्रतिनिधि र हाम्रो पार्टी कमिटी बिचमा जुन हार्दिकता हुनुपर्ने हो त्यो धेरै ठाउँमा हामीले पाएका छैनौँ‚’ उनले भने ।
महामन्त्री थापाले उनले यसको हल पनि संवादबाट निकालिनुपर्ने बताए । ‘हाम्रो बिचमा संवाद राम्रोसँग भएको छैन । यसले गर्दा पार्टीका कतिपय साथीहरूले अनावश्यक दुःख बेहोर्नुपरेको छ निर्वाचित भएका जनप्रतिनिधिहरूको दुःख पनि कतिपय ठाउँमा बुझाउन पाएका छैनौँ‚’ उनले भने ।
उनले असोजबाट सुरु हुने अभियानको माध्यमबाट जहाँ जहाँ समस्या देखिएको छ यसलाई हल गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन