ट्रम्प र ह्यारिसको बहसलाई ६ करोड ७० लाख लाइभ भ्युज
वासिङ्टन डिसी । सेप्टेम्बर ११ मा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपतीय बहसमा आमनेसामने भएका थिए । एबीसी न्युजमा प्रत्यक्ष प्रसारण भएको यो बहसलाई ६ करोड ७० लाखभन्दा बढीले टिभीमा प्रत्यक्ष हेरेका छन् । मार्केटिङ रिसर्च कम्पनी निल्सेनको तथ्याङ्क अनुसार यो भ्युज बिडेन र ट्रम्पबिचको अघिल्लो पटक भएको पहिलो राष्ट्रपतीय बहसको तुलनामा ३१ प्रतिशत बढी हो ।
यसमा सामाजिक सञ्जालहरूबाट सो बहस हेर्नेहरूलाई समावेश गरिएको छैन । चुनावको पहिलो बहस जुनमा बाइडेन र ट्रम्पबिच भएको थियो सो बहसको तुलनामा पछिल्लो बहसमा १८ देखि ५४ वर्षका मानिसहरूको सङ्ख्या आधा बढेको पाइएको छ । कमला–ट्रम्पको बहस हेर्ने सबैभन्दा बढी ठुलो जमात ५५ वर्षभन्दा माथिका थिए । यो उमेर समूहका झन्डै ४ करोडले बहस हेरेको बताइएको छ ।
८ करोड ४० लाखले हेरेका थिए हिलारी–ट्रम्पको बहस
सन् २०१६ मा राष्ट्रपतिको निर्वाचनमा हिलारी क्लिन्टन र ट्रम्पबिचको बहसलाई ८ करोड ४० लाखले हेरेका थिए । न्यूयोर्क टाइम्सका अनुसार तथ्याङ्क बाहिर आएपछि कमला–ट्रम्प बहसलाई हिलारी क्लिन्टन र ट्रम्पबिच सन् २०१६ मा भएको दोस्रो बहससँग तुलना गरिएको छ । यो अहिलेसम्म टिभीमा सबैभन्दा धेरै हेरिएको राष्ट्रपति बहस थियो । जुनमा भएको पहिलो बहसभन्दा यो बहसलाई धेरैले हेर्ने आकलन भने थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुअधिकारका लागि ‘भिगन ग्यालरी’
-
रोजगारीको माग गर्दै मधेस प्रदेशका शहीद परिवारको प्रदर्शन
-
माओवादी केन्द्रका नेता पदम राईको निधन
-
विवाह गर्ने उमेर घटाउनुपर्छ भन्ने माग आएको छ : विमला सुवेदी
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’