मलेसियाका सेल्टर होममा यौन शोषणको आरोप, ४०२ नाबालिगको उद्धार

क्वालालम्पुर । बुधबार मलेसियाका प्रहरीहरू सेल्टर होम (आश्रय गृहहरू)बाट ४०२ नाबालिगको उद्धार गरेको छ । यी आश्रय गृहमा नाबालक बालबालिका र किशोरकिशोरीमाथि यौन शोषण हुने गरेको आरोप लागेको छ । पीडितहरूको उमेर एक देखि १७ वर्षको बिचमा रहेको बताइएको छ । पुलिसले सेलान्गोर र नेगेरी सेम्बिलन राज्यमा यस्ता २० कल्याणकारी घरहरूमा छापा मारेको छ ।
यस मामिलामा १७१ जना संदिग्धहरूलाई पक्राउ गरिएको छ । जसमा धार्मिक गुरु र हेरचाहकर्ताहरू पनि छन् । पीडितलाई विभिन्न किसिमले यातना दिएको आरोप लागेको पत्रकारसँग कुरा गर्दै प्रहरी महानिरीक्षक राजरुद्दीन हुसेनले बताए । यिनीहरू यौन शोषणमा समेत परेको बताइएको छ ।
यी आश्रय गृहमा बालबालिकाहरूलाई धातुका वस्तु तताएर डाम्ने गरिएको अनि बिरामी परेकाहरूलाई समेत अवस्था गम्भीर नहुँदा सम्म उपचार नगराइएको बताइएको छ । यी आश्रय गृहहरू इस्लामिक सङ्गठनसँग जोडिएका छन् । अहिलेको लागि पीडितहरूलाई क्वालालम्पुर प्रहरी केन्द्रमा राखेर स्वास्थ्य परीक्षण गराइँदै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत