भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सिताराम येचुरीको निधन
बिहीबार, २७ भदौ २०८१, १६ : ३३
नयाँदिल्ली । भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी)का महासचिव सिताराम येचुरीको निधन भएको छ । बिहीबार ७२ वर्षको उमेरमा येचुरीको निधन भएको हो ।
उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । येचुरी लामो समयदेखि स्वास नलीको संक्रमणबाट ग्रसित थिए । उनी पछिल्लो समय १९ अगष्टमा दिल्लीस्थित एम्स अस्पतालमा भर्ना भएका थिए ।
आइसीयुमा भर्ना गरिएका उनको केही दिनअघि मात्र मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । उनको जन्म १९५२ अगष्ट १२ मा तमिलनाडुमा भएको थियो ।
येचुरीका एक श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । उनी भाकपा मार्क्सवादीमा सन् २०१५ मा महासचिव चुनिएका थिए ।
येचुरीले सो पार्टीमा ३ पटक महासचिवको जिम्मेवारी सम्हालेका थिए । उनी नेपाल नजिक रहेका कम्युनिष्ट नेता मानिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी
-
सुदूरपश्चिम रोयल्समा सुदूरपश्चिमेलीको वर्चश्व
-
सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या ७० प्रतिशतले बढ्यो