नेपालको शान्ति प्रक्रियाको नर्वेका सांसदले गरे प्रशंसा

काठमाडौँ । नर्वेका सांसदहरूले नेपालले शान्ति प्रक्रियामा गरेको प्रगतिको प्रशंसा गरेका छन् । नर्वेका परराष्ट्र तथा रक्षा स्थायी समितिका अध्यक्ष तथा सदस्यहरूले बिहीबार नेपालको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिसँगको छलफलमा शान्ति प्रक्रियाको प्रशंसा गरेका हुन् ।
नर्वेका सांसदहरूले शान्ति स्थापना अभियानमा नेपालको योगदानको चर्चा गर्दै ऊर्जा क्षेत्रमा सहयोग प्रवर्द्धनमा जोड दिएको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका अध्यक्ष राजकिशोर यादवले बताए ।
नेपालको संसदीय समितिले नर्वेबाट संसदीय अनुसन्धानको व्यवस्थित सुदृढीकरण, प्रत्यायोजित कानुनको सहभागितामूलक मूल्याङ्कन, संसदीय अभ्यासको आदानप्रदान र थप प्राविधिक सहयोगका अपेक्षासहितको धारणा राखेको थियो ।
दुई देशको परस्पर सम्बन्धलाई अझ बलियो बनाउन सहयोग तथा भ्रमणहरू भइरहनु पर्ने कुरामा समितिका सदस्यहरूले जोड दिएका थिए । नर्वे संसदीय समितिका अध्यक्ष इरिक्सन सोराइडको नेतृत्वमा आएको सांसदहरूको टोलीलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति यादव, सदस्यहरू माधवकुमार नेपाल, एनपी साउद, विमलेन्द्र निधिलगायतले स्वागत गरेका थिए । दुई देशको समान समितिको यो पहिलो बैठक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नो केबलकार समूह’ लाई फेरि वार्तामा बोलायो सरकारले
-
नेतृत्व टीम नबदलिएसम्म पार्टी निर्माण हुन सक्दैन : जनार्दन शर्मा
-
सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप मंगलबारदेखि
-
ऊर्जाराज्यमन्त्री भन्छन्– कुलमानलाई हटाउन हुँदैन
-
रिंकुकुमारीको न्यायका लागि अखिल क्रान्तिकारीले गर्यो माइतीघरमा प्रदर्शन (तस्बिरहरु)
-
प्रहरी कुट्ने अखिलका नेता जोशीसहित ५ जनालाई धरौटीमा रिहा गर्न आदेश