इन्द्रजात्रामा गुडाइने रथमा जीपीएस जडान गरिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले इन्द्रजात्रामा गुडाइने रथमा जीपीएस जडान गर्ने भएको छ । बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा महानगरपालिकाले श्रीकुमारी, श्री गणेश र श्री भैरवको रथ, लाखे आजु, पुलुकिसी र सव भकु देव नाचका क्रममा जीपीएस जडान गरिने जानकारी दिएको हो ।
जीपीएस जडान गरिएपछि रथ कुन ठाउँमा पुग्यो, लाखे, पुलुकिसी र सवभकुको नाच कुन ठाउँमा भइरहेको भन्ने सूचना प्राप्त हुने जनाइएको छ । यसबाट रथयात्रा तथा नाच अवलोकन गर्ने श्रद्धालुहरूलाई सहभागी हुन र स्थानीयहरूलाई पूजाको तयारी व्यवस्थापन गर्न सहज हुने समेत महानगरपालिकाले जनाएको छ ।
अघिल्लो वर्ष पनि महानगरपालिकाले रथमा गल्लीमा म्याप्सको प्रयोग गरेको थियो । यस सो गल्ली म्याप्सको प्रयोगलाई सुधार गरिने महानगरका प्रवक्ता नवीन मानन्धरले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । यो वर्ष असोज १ गते इन्द्रजात्रा मनाइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्याटिङ मात्र गर्न पाउने शर्तमा मिचेल मार्शलाई आईपीएल खेल्ने अनुमति
-
जथाभाबी ईभी भित्रिन नदिन मापदण्ड बनाउँदै सरकार
-
सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै
-
‘पिताम्बर’ टिमले मनायो होली
-
पोखराको लेकसाइडमा होलीमा रमाउँदै विदेशी पर्यटक (तस्बिरहरू)
-
मिर्गौला रोगमा डायलासिस गर्नैपर्छ ?