वरुण वेभरेजको नेपालमा वार्षिक करिब १२ अर्ब बराबरको कारोबार
काठमाडौँ । वरुण वेभरेजले नेपालमा मात्रै वार्षिक करिब १२ अर्ब बराबरको कारोबार गर्दै आएको जनाएको छ ।
नेपाली बजारमा उपलब्ध चर्चित ब्रान्डका चिसो पेय पदार्थहरूमध्ये ठुलो हिस्सा पेप्सी, माउन्टेन ड्यू, मिरिन्डा, ७ अप, स्टिङ (एनर्जी ड्रिङ्स) आदीको रहेका छन् भने यी सबै उत्पादनहरू पेप्सी ब्रान्ड अन्तर्गत रहेका छन् । यिनिहरूको उत्पादन तथा वितरण वरुण वेभरेजले गर्दै आएको छ ।
राजधानीको पेप्सीकोलामा वि.सं. २०५५ बाट कम्पनीले ५० रोपनी जग्गामा आफ्नो साम्राज्य खडा गरेर काम गरिरहेको छ भने नवलपरासी जिल्लाको रामग्राममा पनि १५ बिघा जमिनमा वरुण वेभरेजले आफ्नो उत्पादन तथा वितरणको काम गर्दै आएको छ ।
बजारको माग अनुसार देशका सबै भूभागमा आफ्ना उत्पादन पुर्याएर बजार विस्तारमा जोड दिइरहेको वरुण वेभरेज एउटा मल्टीनेसन कम्पनी मात्र नभएर नेपालको एक ‘हाई ट्याक्स पेयर ’कम्पनी पनि भएको बताइएको छ । जसले नेपाल सरकारलाई चारदेखि पाँच अर्ब रुपैयाँसम्म कर तिर्ने गरेको छ भने देशमा प्रत्यक्ष रूपमा हजारौँ तथा अप्रत्यक्ष रूपमा दसौँ हजारलाई रोजगारी दिएको जनाएको छ ।
विशेष गरेर छिमेकी मुलुक भारतमा ठुलो बजार हिस्सा ओगटेको वरुण वेभरेजले नेपाल, श्रीलङ्का, जिम्बाबे, मोरक्को साउथ अफ्रिका, कङ्गो र केन्यामा समेत राम्राे व्यापार गर्दै आएको जनाएको छ । भारतीय स्टक एक्सचेन्जहरू एनएसई र विएसई नाममा सूचिबद्ध वरुण बेभरेजका भारतमा मात्र ३८ बढी उत्पादन कारखानाहरू रहेका छन्।
गुणस्तरीय उत्पादनमा जोड दिँदै आएका यो मल्टी नेसनल कम्पनीले विभिन्न ८ वटा देशमा गरी वार्षिक करिब १६ खर्ब रुपैयाँ भारु भन्दा धेरैको कारोबार गर्दै आएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल जाने कामदारलाई स्वास्थ्य परीक्षण गर्न आह्वान
-
रास्वपाको सचिवालय बैठक : केन्द्रीय कमिटी बैठकबारे छलफल
-
अदालतमा लामिछानेको इन्कारी बयान, दुई दिनमा २६ भन्दा बढी प्रश्न
-
सिरिया फेरि एकपटक आफ्नै भूगोलको सिकार भयो
-
औद्योगिक सुरक्षाका लागि सरकार गम्भीर छ : मुख्यमन्त्री कार्की
-
लुम्बिनी कपले महिला फुटबलको विकासमा सहयोग पुर्याउने खेलकुद मन्त्रीको विश्वास