अमेरिकाका लागि प्रस्तावित राजदूत रेग्मीको यस्तो छ कार्ययोजना (पूर्णपाठसहित)

काठमाडौँ । अमेरिकाका लागि प्रस्तावित राजदूत लोकदर्शन रेग्मीले बिहीबारको संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना पेस गरेका छन् ।
राजदूतका रूपमा नियुक्त भएमा आफूले गर्ने काम कारबाहीको फेहरिस्तसहित उनले आफ्नो कार्ययोजना समितिमा पेस गरेका हुन् ।
अमेरिकामा नेपाल, नेपाली जनता र नेपाल सरकारको प्रतिनिधित्व गर्नु आफ्नो सर्वाधिक महत्वको प्राथमिक कार्य हुने रेग्मीको कार्ययोजनामा उल्लेख छ ।
‘संयुक्त राज्य अमेरिका, अमेरिकी जनता र अमेरिकी सरकारको प्रमुख कार्यसूची प्राथमिकता, चासो, हित, रणनीतिक योजना र कार्यान्वयनको संस्कृतिका बारेमा यथार्थ जानकारी लिएर परराष्ट्र मन्त्रालयलाई जानकारी गराउने छु’, उनको कार्ययोजनामा उल्लेख छ ।
यसबाहेक परराष्ट्र मन्त्रालयमार्फतसरकार र सम्बन्धित अन्य निकायहरूमा जानकारी गराउनुका साथै आवश्यक समन्वय गर्ने गर्ने पनि उनको प्रतिबद्धता छ । नेपाल र अमेरिकाबाट उच्चस्तरीय भ्रमणको आदानप्रदान गर्ने, पर्यटन प्रवर्द्धन गर्नेलगायतका विषय पनि उनको कार्ययोजनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म