एक दिवसीय विश्वकप आयोजना गर्दा भारतलाई १ अर्ब ३९ करोड डलर फाइदा
काठमाडौँ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईसीसी) ले सन् २०२३ को आईसीसी एक दिवसीय विश्वकप क्रिकेट आयोजना गर्दा भारतलाई एक अर्ब ३९ करोड अमेरिकी डलर फाइदा भएको तथ्य सार्वजनिक गरेको छ ।
आईसीसीद्वारा हालै सार्वजनिक एक प्रतिवेदनमा एक दिवसीय विश्वकप आयोजना गर्दा भारतलाई यति धेरै फाइदा भएको उल्लेख गरिएको छ । आईसीसी एक दिवसीय विश्वकपको १३औँ संस्करण सन् २०२३ को अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म भारतमा आयोजना भएको थियो ।
त्यो विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको थियो । फाइनलमा अस्ट्रेलियाले आयोजक राष्ट्र भारतलाई ६ विकेटले पराजित गरेको थियो । आईसीसीका अनुसार, हालसम्म एक दिवसीय विश्वकप आयोजना गर्दा कुनै पनि राष्ट्रलाई यति धेरै फाइदा भएको थिएन ।
त्यो विश्वकपमा आईसीसीका अतिरिक्त भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पनि ठुलो रकम खर्च गरेको थियो । त्यो विश्वकपका खेलहरू दिल्ली, मुम्बई, चेन्नईलगायत विभिन्न १० वटा सहरमा खेलाइएको थियो ।
आईसीसीका अनुसार, जुन सहरमा विश्वकपका खेलहरू खेलाइएको थियो ती सहरले पर्यटन क्षेत्रबाट पनि राम्रो आम्दानी गरेका थिए । आवास, खानपिन, यातायातजस्ता क्षेत्रबाट भारतले ८६ करोड १० लाख ४० हजार अमेरिकी डलर आम्दानी गरेको आईसीसीद्वारा जारी प्रतिवेदनमा उल्लेख छ ।
विश्वकपका क्रममा विदेशी पर्यटकबाट पनि भारतले ठुलो रकम आम्दानी गरेको आईसीसीले जनाएको छ । विश्वकपका क्रममा अधिकांश यात्री आफ्नो परिवारका सदस्यसहित भारत आएको दाबी प्रतिवेदनमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राइटन, वुल्भ्स विजयी हुँदा एस्टन र क्रिस्टल, एभर्टन र ब्रेन्टफोर्डले अंक बाँडे
-
प्रिमियर लिग : आर्सनलको शानदार जित
-
लेस्टरलाई हराउँदै तेस्रो स्थानमा उक्लियो चेल्सी
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी ४-० ले पराजित, पेप ग्वार्डिवलालाई झट्का
-
इजरायली आक्रमणमा १०० बढी प्यालेस्टाइनी मारिए
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर