पत्रकार सम्मेलन
पशुपतिको कोटिहोम महायज्ञ लगाउँदा घाटा भएको दाबी, यस्तो छ आम्दानी र खर्चको हिसाब
बिहीबार, २७ भदौ २०८१, १४ : ०९

काठमाडौँ । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवम् १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ लगाउँदा घाटा भएको दाबीसहितको हिसाबकिताब सार्वजनिक गरिएको छ । आयोजक कृष्णमूर्तिले बिहीबार पत्रकार सम्मेलन गर्दै कोटिहोममा कुल २० करोड १५ लाख ८२ हजार ४९० रुपैयाँ १५ पैसा बराबर नगद र द्रव्य दान संकलन भएको जानकारी दिए ।
यस्तै, कोटिहोमका लागि २० करोड ८८ लाख ३२ हजार ७९४ रुपैयाँ ३८ पैसा खर्च भएको उनले बताए । यस अनुसार ७२ लाख ५० हजार ३०४ रुपैयाँ घाटा भएको कृष्णमुर्तिले दावी गरे । महायज्ञमा कबोल भएकोमध्ये डेढ करोडदेखि २ करोड रुपैयाँ उठ्न बाँकी रहेको समेत उनले बताए ।
‘एक युगमा एक पटक इतिहासमै पहिलो पटक’ भन्ने नाराका साथ पशुपतिको (वनकाली) हंस मण्डपमा साउन १ गतेदेखि महिनाभर कोटिहोम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा दिनदहाडै चोरी
-
अमृत साइन्स क्याम्पसमा अनेरास्ववियुले स्ववियु पदाधिकारीको टुंगो लगायो
-
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ
-
गृह मन्त्रालयमा एक सहसचिव र तीन उपसचिव कानुनविपरीत जगेडामा
-
प्लानिङ ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज क्लब विजयी
-
समाजवादी मोर्चाले भोलि विरोधका कार्यक्रम घोषणा गर्ने