मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । शुक्रबारका लागि निर्धारित स्ववियु निर्वाचन अदालतको अन्तरिम आदेशका कारण स्थगित भएको हो ।
विद्यार्थीहरुले आफुले मतदान गर्न पाउनुपर्ने माग राख्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत सुर्खेतले निर्वाचन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशपछि निर्वाचन स्थगित भएको निर्वाचन अधिकृत त्रिभुवन बिसीले जानकारी दिए ।
‘अदालतबाट अन्तरिम आदेश आएको भन्ने छ । तर, हामीलाई आधिकारिक पत्र आएको छैन । पत्र नआउँदासम्म हाम्रो काम जारी रहन्छ,’ बिसीले भने ।
विश्वविद्यालयको स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीमा बीएस्सी बायोलोजी विषयका पाँचौं सेमेस्टरका विद्यार्थी रञ्जित विकसमेतले आफूहरूको नाम मतदाता नामावलीमा समावेश नभएको भन्दै रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मदन पोखरेलको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो । दुवै पक्षलाई असोज ६ गते छलफलका लागि बोलाएको छ । त्यतिबेलासम्म सुविधा सन्तुलनका दृष्टिले चुनाव स्थगित गर्नु उपयुक्त हुने भन्दै अल्पकालीन अन्तरिम आदेश जारी गरिएको हो ।
गत साउन ३१ गतेदेखि निर्वाचन प्रक्रिया सुरु भएर भदौ २८ गतेका लागि निर्वाचनको मिति तय भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत
-
चार स्रष्टालाई पारिजात सम्मान