हिमालयन बैंकको ४ लाख २८ हजार संस्थापक सेयर बिक्रीमा
बिहीबार, २७ भदौ २०८१, १३ : ५८
काठमाडौँ । हिमालयन बैंकका पाँच जना संस्थापक सेयरधनीले सेयर बिक्रीमा राखेका छन् । उनीहरूले कुल ४ लाख २८ हजार ५४० कित्ता सेयर बिक्रीका लागि राखेका हुन् ।
तत्काल यो सेयर हिमालयन बैंकका अन्य संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् । आजको मितिले ३५ दिनभित्र केन्द्रीय कार्यालयमा सेयर खरिदको लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
३५ दिनभित्र संस्थापकहरूले खरिद नगरेपछि उक्त सेयर सर्वसाधारणका लागि बिक्री खुला गरिने बैंकको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होली पर्वमा राष्ट्रपतिको सन्देश : सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने
-
चार दिन यता काठमाडौंंसहित देशभर मौसम गडबडी, आज तीन प्रदेशमा पानी पर्ने
-
तनावपूर्ण मड्रिड डर्बी : एटलेटिकोमाथि नाटकीय जित निकाल्दै रियाल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
-
फागुपूर्णिमाको दिन आज कसलाई कति लाभदायी ? हेरौं राशिफल
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
सगरमाथा आरोहणको तयारी सुरु, बाटो बनाउन खटाइए ‘आइसफल डाक्टर’