बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

स्मार्टफोनको ब्याट्रीको आयु बढाउन चाहनुहुन्छ ? गर्नुस् यी काम

बिहीबार, २७ भदौ २०८१, १२ : ५६
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । तपाईँ हामीमध्ये अधिकांशको हातमा स्मार्टफोन छ । फोनबाट कुनै पनि काम गर्न होस् वा गीत सुन्न वा रिल्स हेर्न हरेक कामका लागि फोनमा ब्याट्री नभई हुन्न । ब्याट्री छैन भने स्मार्टफोनमा कुरा गर्नै सकिन्न । आफ्नो फोनको ब्याट्री छिट्टै सकिने हो कि भन्ने चिन्ता धेरैमा पाइन्छ । तपाईँलाई पनि यस्तो चिन्ताले सताइरहन्छ ? आजको यस लेखमा हामी तपाईँलाई फोनमा केही स–साना परिवर्तन गरेर ब्याट्री लाइफ बढाउने उपयोगी जानकारी बताउन गइरहेका छौँ ।

गैर–जरुरी एप्स

स्मार्टफोनको ब्याट्री निकै कम समयमै सकिन्छ ? यस्तो समस्या आइरहेको छ भने तपाईँले फोनमा राखिएका गैर–आवश्यक एपहरू हटाउन सक्नुहुन्छ । प्रायः फोनमा अर्थहीन एपहरू पनि हुन्छन् । जसले ब्याट्री खाइरहेका हुन्छ । यस्ता एपहरू हटाउँदा ब्याट्रीको आयुमा सुधार ल्याउन सकिन्छ ।

ब्राइटनेस कम गर्ने

धेरैजसो मानिसहरू आफ्नो स्मार्टफोनको स्क्रिन निकै चम्किलो बनाएर राख्छन् । तपाईँ पनि यस्तै जमातमा पर्नु हुन्छ कि ? यदि हो भने यो बानी तत्कालै बदल्नुस् । फोनको ब्राइटनेस धेरै हुँदा ब्याट्रीको खपत बढ्छ । छोटो समय चलाउँदा पनि ब्याट्री सकिन्छ । यो समस्याबाट बच्न फोनमा अटो ब्राइटनेस मोड सक्रिय गर्न सकिन्छ ।

इन्टरनेट र बाइफाई

मोबाइल फोनमा कामै नपरीकन पनि इन्टरनेट र वाइफाई अन गरेर राख्दा पनि ब्याट्री छिट्टै सकिन्छ । तपाईँले पनि यस्तै गल्ती त गरिरहनुभएको छैन । यो बानी तुरुन्तै फेर्नुस् । धेरै जसो मानिस रातभरि नै मोबाइलमा इन्टरनेट अन राख्छन् । यो पनि ठूलो गल्ती हो ।

तातो वातावरणमा फोनको प्रयोग नगर्ने

तातो वा गर्मी धेरै भएको वातावरणमा पनि फोन प्रयोग गर्नुहुन्न । यस्तो गर्दा फोनको ब्याट्रीमा नराम्रो प्रभाव पर्छ । फोन लगातार चलाइराख्दा ब्याट्री तात्ने समस्या हुनसक्छ । यसले पनि ब्याट्रीको आयु घटाउँछ । लामो समयसम्म फोन चलाइराख्ने, चर्को कडा घाम वा तातो ठाउँमा फोन प्रयोग गर्ने बानी छ भने यसलाई पनि त्याग्नुस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप