चौथो दिन पनि सुरु हुन सकेन न्युजिल्यान्ड–अफगानिस्तान टेस्ट, व्यवस्थापन पक्षको चर्को आलोचना

काठमाडौँ । न्युजिल्यान्ड र अफगानिस्तानबिच भारतको ग्रेटर नोयडमा हुने भनिएको एकमात्र टेस्ट क्रिकेटको चौथो दिन बिहीबारको खेल पनि प्रतिकूल मौसमका कारण रद्द भएको छ । वर्षाका कारण चौथो दिनसम्म पनि टेस्ट सुरु हुन सकेको छैन ।
न्युजिल्यान्डले भारत भ्रमणका क्रममा अफगानिस्तानसँग एक मात्र टेस्ट खेल्ने कार्यक्रम रहेको थियो । उक्त टेस्टमा अब एक दिनको खेलमात्र बाँकी छ । नोयडामा पछिल्लो सात दिनको अवधिमा एक हजार दुई सय मिलिमिटर वर्षा भएको बताइएको छ ।
त्यसैले उक्त टेस्टमा हालसम्म टस पनि हुन सकेको छैन । खराब मौसमका कारण पाँचौँ दिनको खेल पनि रद्द हुने अनुमान गरिएको छ । लगातारको वर्षाका कारण मैदान तत्काल खेल्न लायक नरहेको समाचारमा जनाइएको छ ।
यसका अतिरिक्त ग्रेटर नोयडाको स्टेडियमको दुरावस्थालाई लिएर पनि निकै आलोचना भइरहेको छ । मङ्गलवार ग्राउन्ड स्टाफले पङ्खाको प्रयोग गरेर मैदान सुखाउने प्रयास गरिरहेको तस्बिर सार्वजनिक भएको थियो ।
यसैगरी, उक्त स्टेडियमको व्यवस्थापन पक्ष पनि निकै कमजोर रहेको भन्दै व्यापक आलोचना भइरहेको छ । मङ्गलवार क्याटरिङ स्टाफहरूले खाना पकाउन बाथरुमको पानी प्रयोग गरेको भन्दै केही भिडियो र तस्बिर पनि सार्वजनिक भएका थिए ।
अफगानिस्तानका खेल पदाधिकारीहरूले पनि उक्त स्टेडियम र त्यहाँको ब्यवस्थापन पक्षको आलोचना गरेका छन् । रमाइलो पक्ष त के हो भने न्युजिल्यान्ड र अफगानिस्तानबिचको टेस्टका लागि भारतले छुट्टाएको यो स्टेडियममा खेल्न केही समयअघि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) आफैँले प्रतिबन्ध लगाएको थियो । यद्यपि, त्यो प्रतिबन्ध अहिले फुकुवा भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री
-
कानुन निर्माणमा लापरबाही, चार जना सांसदले बोलेर पारित भयो विधेयक
-
सशस्त्र प्रहरीको बढुवामा ज्येष्ठतालाई मुख्य आधार बनाउनुपर्ने