सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

इजरायली हमलामा राष्ट्रसंघ अन्तर्गतका ६ कर्मचारी मारिए

बिहीबार, २७ भदौ २०८१, १२ : १७
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । प्यालेस्टिनी शरणार्थीका लागि काम गर्दै आएको संयुक्त राष्ट्र संघको निकाय ‘युएनआरडब्ल्यूए’ले मध्य गाजामा भएको इजरायली हमलामा आफ्ना ६ जना कर्मचारी मारिएको जनाएको छ ।  मध्य गाजाको एउटा विद्यालयमा इजरायलले गरेको हवाई हमलामा आफ्ना कर्मचारी मारिएको ‘युएनआरडब्ल्यूए’ले जानकारी दिएको छ ।

गत अक्टोबरमा इजरायल र प्यालेस्टिनी लडाकु समूह ‘हमास’बिच युद्ध सुरु भए यता एउटै घटनामा यति ठुलो संख्यामा आफ्ना कर्मचारी मारिएको यो पहिलो पटक रहेको ‘युएनआरडब्ल्यूए’ले जनाएको छ ।

अस्पतालका अधिकारी तथा हमास सञ्चालित सिभिल डिफेन्स एजेन्सीका अनुसार यसअघि नुसीरत शरणार्थी शिविरमा रहेको अल जाउनी स्कुलमा भएको हमलामा कम्तीमा १४ जनाको मृत्यु भएको थियो । सो शरणार्थी शिविरमा हजारौँ विस्थापित प्यालेस्टिनीले शरण लिएका छन् ।

इजरायली सेनाले स्कुलभित्र रहेर हमलाको योजना बनाइरहेका उग्रवादीमाथि आफूले सटिक निसाना लगाएर हमला गरेको जनाएको छ । हमलाका क्रममा नागरिकतर्फ हुने नोक्सान कम गर्न विशेष ध्यान दिइएको पनि इजरायली सेनाको दाबी छ । ‘युएनआरडब्ल्यूए’का अनुसार इजरायल र हमासबिच युद्ध सुरु भए यता सो स्कुलमा पाँच पटक इजरायली सेनाका तर्फबाट हमला भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप