संसदीय सुनुवाइ
स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालको संसदीय सुनुवाइः १५ पन्ने कार्ययोजना पेस (पूर्णपाठ)
बिहीबार, २७ भदौ २०८१, १२ : १२

काठमाडौँ । स्पेनका लागि प्रस्तावित राजदूत शनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ । बिहीबार सिंहदरबारमा जारी संसदीय सुनुवाइ समितिको बैठकमा नेपालले आफ्नो कार्ययोजना पेस गरेका छन् ।
१५ पृष्ठ लामो कार्ययोजनामा उनले आफ्नो सामान्य परिचयसहित संसदीय सुनुवाइबाट अनुमोदन भएमा राजदूतका रूपमा गर्ने कामकारबाहीको फेहरिस्त प्रस्तुत गरेका छन् ।
राजदूतका रूपमा राजनीतिक र कूटनीतिक सम्बन्ध विस्तार गर्ने, आर्थिक समृद्धिलाई केन्द्रमा राखेर आर्थिक कूटनीतिमा ध्यान दिने, व्यापार प्रवर्द्धन गर्ने, स्पेनमा रोजगारीका लागि पहल गर्नेलगायत उनको कार्ययोजनामा उल्लेख छ।
संसदीय सुनुवाइ समितिमा आएका १७ प्रस्तावित नाममध्ये शनिलको १४ औँ नम्बरमा संसदीय सुनुवाइ भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक पुरुष मृत फेला
-
चैत १५ को घटनाले तात्यो संसद्, राजावादीको हर्कतबारे सत्तापक्ष र विपक्षीका आ–आफ्नै तर्क
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० जनाको टोली लिएर भारत जाँदै
-
अस्पताल बनाएर मात्र नागरिकको स्वास्थ्य अधिकार सुनिश्चितता हुँदैन : मुख्यमन्त्री लामा
-
पर्यटन प्रवर्द्धन गर्न हेटौँडा- सौराहा साइकल यात्रा
-
चितुवाको आक्रमणबाट ४ जना घाइते