रुसले चन्द्रमामा बनाउने परमाणु ऊर्जा केन्द्रमा भारत र चीनको रुचि

मस्को । रुसले चन्द्रमामा परमाणु ऊर्जा केन्द्र बनाउन खोजिरहेको छ । रुसको यो पहलमा भारतले पनि सहभागिता जनाउने इच्छा राखेको भन्दै फर्स्ट पोस्ट डट कमले समाचार छापेको छ ।
चन्द्रयान–३ को सफल प्रक्षेपणले हौसिएर भारतले सो परियोजनामा रुचि देखाएको बताइएको छ । रुसको यो परियोजनामा चीनले पनि सहकार्य गर्ने खबरहरू आइरहेका छन् ।
यो परियोजनाको नेतृत्व रुसी परमाणु कर्पोरेसन रोसातोमले गर्नेछ । यसको लक्ष्य चन्द्रामा आधा मेगावाट बिजुली उत्पादन गर्ने सानो परमाणु रियाक्टर स्थापना गर्ने हुनेछ । चन्द्रमामा भविष्यमा हुने परियोजनाहरूलाई टेवा दिन यो ऊर्जा केन्द्र बनाउन लागिएको हो ।
यो परियोजना सन् २०३५ सम्ममा सञ्चालनमा आउने आशा गरिएको छ । यही वर्ष भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने विश्वको पहिलो देश बनेको थियो । भारतले सन् २०३५ सम्ममा आफ्नै स्पेस स्टेसन भारतीय अन्तरिक्ष स्टेसन (बीएएस) पनि बनाउन खोजिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी हाफ म्याराथनको उपाधि सेनाका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक
-
राष्ट्रपति पौडेलद्वारा हल्चोक आकाश भैरवको १२ वर्षे जात्रा शुभारम्भ
-
नारायणघाट–बुटवल सडकखण्ड आजदेखि रातको समयमा बन्द हुने
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?