रहेनन् पेरुका पूर्वराष्ट्रपति अल्बेर्तो फुजिमोरी
लिमा । पेरुका पूर्व राष्ट्रपति अल्बेर्तो फुजिमोरीको निधन भएको छ । ८६ वर्षको उमेरमा फुजिमोरीको निधन भएको उनकी छोरीले पुष्टी गरेकी छिन् । उनीमाथि मानवअधिकार दूरुपयोग र भ्रष्टाचारको अभियोग लागेको थियो । फुजिमोरीले सन् १९९० देखि सन् २००० को बीचमा पेरुमा शासन गरेका थिए ।
भ्रष्टाचारको आरोपपछि उनी सत्ताच्यूत भएका थिए । वामपन्थी छापामार विद्रोहीविरुद्ध उनको कठोर धारणाका कारण पनि राष्ट्रपति छँदा उनीमाथि मानव अधिकार दुरुपयोगका आरोप लागेको थियो । तर उनका समर्थकहरुले भने विद्रोहीहरुलाई दबाएको भन्दै प्रशंसा गर्ने गरेका थिए । उनी देश छाडेर भागे पनि अन्ततः समातिएर सुपर्दगी गरिए ।
सामाजिक सञ्जालमा फुजिमोरीकी छोरीले क्यान्सरसँगको लामो लडाईंमा पिताले हारेको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् । उनी जिब्रोको क्यान्सरका कारण मरेको फुजिमोरीका डाक्टरले पुष्टि गरेका छन् । १५ वर्षभन्दा बढी समयसम्म जेलमा बसेपछि गत वर्ष डिसेम्बरमा फुजिमोरीलाई लिमाको बार्बाडिलो जेलबाट रिहा गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
अनुदानमा सञ्चार सामग्री खरिदका लागि आवेदन दिन काउन्सिलको आग्रह
-
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैन : प्रधानमन्त्री ओली
-
रवि लामिछानेलाई आज काठमाडौँ ल्याइने
-
माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगित
-
‘कन्फ्लुयन्स’ : कलाका सिद्धान्त र तत्त्वमा आधारित प्रदर्शनी