बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सी–चेक गरेर नेपाल एयरलाइन्सको वाइडबडी काठमाडौँ फर्कियो

बिहीबार, २७ भदौ २०८१, ११ : ०६
बिहीबार, २७ भदौ २०८१

काठमाडौँ । सी–चेक (प्राविधिक जाँच) का लागि इटली गएको नेपाल एयरलाइन्सको वाइडबडी विमान अढाई महिनापछि आज काठमाडौँ आइपुगेको छ । 

असार ८ गते इटली गएको ए ३३० नाइन एन एएलवाई कलसाइन भएको जहाज सम्पूर्ण प्राविधिक जाँच गरी काठमाडौँमा फर्किएको हो । 

निगमको अर्को वाइडबडी विमान भने सी–चेकका लागि अझै इटलीमै छ । उक्त जहाजलाई एक महिनापछि काठमाडौँ ल्याइने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। 

सी–चेकपछि फर्किएको एक वाइडबडीसँगै नेपाल वायुसेवा निगमसँग थप दुई न्यारोबडी जहाज उडानका लागि योग्य छन् । निगमसँग अन्तर्राष्ट्रिय गन्तव्यका लागि चार जहाज छन् । 

सी–चेक गरेर एउटा वाइडबडी आएपछि निगमले जापान उडानलाई पुनः निरन्तरता दिने भएको छ । दुई वाइडबडी स–चेकका लागि गएपछि भदौ १३ देखि जापानको उडान हुन सकेको छैन । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप