राष्ट्रपतिको बहसमा कमला ह्यारिसले लगाएकी झुम्का के अडियो इयरिङ्स थियो ?
वाशिङटन डीसी । फिलाडेल्फियाको नेशनल कन्स्टिट्युसन सेन्टरमा बुधबार वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबिचको राष्ट्रपतीय बहस भयो । यस बहसमा ह्यारिस ट्रम्पमाथि हाबी भएकी थिइन् । बहस सकिएको भएपनि बहसबारे बहस अझै टुङ्गिएको छैन ।
सामाजिक सञ्जालहरूमा कयौँ प्रयोगकर्ताहरूले बहसको बेलामा ह्यारिसले अडियो झुम्का लगाएको दाबी गरेका छन् । बहस चलिरहँदा पनि माइक्रो ब्लगिङ वेबसाइट एक्समा धेरै प्रयोगकर्ताहरूले ह्यारिसको अनौठो झुम्काबारे उल्लेख गरेका थिए । त्यसपछि उनले अडियो इयरिङ लगाएको चर्चा चुलियो ।
के हो पुरा कुरा ?
खासगरी यो आरोप ट्रम्प समर्थकहरूले लगाइरहेका छन् । ह्यारिसले कानमा लगाएको झुम्का इयरफोन हुन सक्ने उनीहरूको दाबी छ । ह्यारिसले ट्रम्पसँगको बहसमा अरूको मद्दत लिन यी झुम्का प्रयोग गरेको दाबी उनीहरूको छ । ह्यारिसको झुम्का नोभा एच१ अडियो झुम्का जस्तै देखिएको थियो । नोभा एच१ कानका झुम्का जस्तो देखिने तर वायरलेस इयरफोनको रूपमा काम गर्ने स्टाइलिश सहायक उपकरण हो । बहसका क्रममा ह्यारिसले ती झुम्काबाट सहायता लिएको दाबी एक प्रयोगकर्ताले गरेका थिए ।
तर केही प्रयोगकर्ताहरूले ह्यारिसलाई समर्थन गर्दै ट्रम्पका समर्थकहरूको दाबीलाई अस्वीकार गरेका छन् । ह्यारिसले लगाएको इयरफोन जस्तै देखिने झुम्का टिफनी हार्डवेयर मोती झुम्का हुन सक्ने उनीहरूको ठहर छ । प्रयोगकर्ताहरूले टिफनी झुम्काको तस्बिर पनि साझा गरेका थिए । यसको मूल्य लगभग ३ हजार ३०० अमेरिकी डलर छ ।
ह्यारिसलाई मोतीको गहना लगाउन मन पर्ने भन्दै केहीले सामाजिक सञ्जालमा उनको झुम्काबारे चलिरहेको बहसलाई सिधैं अस्वीकार गरेका थिए । तर उनले अडियो इयरिङ्स नै लगाएको हो भन्ने बलियो प्रमाण भने केही पनि भेटिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी डलर, रियाल, दिराम, युआन, दिनार र रिङ्गेटको मूल्य बढ्यो, कसको भाउ कति ?
-
लिभरपुलले जोगायो शीर्ष क्लबहरुको इज्जत, अग्रता थप बलियो
-
भृकुटीमण्डपमा माघ १७ देखि आठौँ चेम्बर एक्स्पो हुँदै
-
प्रिमियर लिग : म्यान्चेस्टर सिटी हारबाट जोगिंदा, म्यानयु, चेल्सीको विजोग
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता