इंग्ल्याण्डविरुद्धको पहिलो टी–२० मा अस्ट्रेलिया २८ रनले विजयी

काठमाडौँ । अस्ट्रेलियाले इंग्ल्यान्ड विरुद्धको पहिलो टी–२०आई खेलमा २८ रनको जित हासिल गरेको छ । साउथम्प्टनमा भएको खेलमा अस्ट्रेलियाले १८० रनको लक्ष्यदिएको थियो । जवाफमा इंग्ल्यान्ड १९.२ ओभरमा १५१ रनमा समेटियो ।
टस हारेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरको ३ बल बाँकी हुँदा सबै विकेट गुमाएर १७९ रन बनाएको थियो ।
उसका लागि ट्राभिस हेडले ५९, म्याथ्यु सटले ४१ तथा जोस इंग्लिसले ३७ रनको पारि खेलेका थिए । यसैगरी क्यामरन ग्रीनले १३ तथा मार्कस स्टोइनिसले १० रनको योगदान दिए ।
इंग्ल्याण्डका लियाम लिभिङस्टोनले ३ विकेट लिँदा जोफ्रा आर्चर र सकिव महमुदले दुई÷दुई विकेट लिए ।
१८० रनको लक्ष्यसहित मैदान उत्रिएको इंग्ल्याण्डका खेलाडीहरु रन बनाउन निकै संघर्षरत देखिए ।
लियाम लिभिङस्टोनले बनाएको ३७ रन नै सर्वाधिक ठुलो बन्यो । यसैगरी कप्तानफिल साल्ट २०, साम करण १८, जोर्डन कोक्स १७, जेमिओभर्टन १५ रनमापभेलियनफर्किए । यसैगरी सकिवमहमुदले १२ रन बनाए ।
अस्ट्रेलिया कासिन एबटले ३ विकेट लिँदा एडम जाम्पा र जोस हेजलवुडले दुई दुई विकेट लिए ।
जितसँगै अस्ट्रेलिया ३ खेलको टी–२०आई शृङ्खलामा १–० को अग्रता लिन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी घोषणाको ७ वर्षपछि प्रदेशमै निःशुल्क डायलासिस सेवा, विरामीलाई बल्ल राहत
-
झापा गोल्डकप : भुटानको डागा युनाइटेड सेमिफाइनलमा
-
एकै पल्ट २३ सय ८५ जना प्रहरी सहायक हवल्दारको सरुवा
-
रातोपाटी ब्रिफिङ : राजसंस्थाको नारा बोकेर राप्रपा सडकमादेखि नो केबलकार समूह’लाई सरकारले बोलायो वार्तामासम्म
-
मधेसमा प्रचण्ड : उत्साह कि बाध्यता ?
-
राजसंस्था पुनर्स्थापनाको एजेन्डा बोकेर राप्रपा सडकमा