१० बजे, १० समाचार
आज २०८१ भदौ २६ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- राष्ट्रपतिको बहस
करिब ९० मिनेटसम्म चलेको राष्ट्रपतीय बहसमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पले एक अर्काको नीतिको चर्को आलोचना गरेका थिए । ‘द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेट’को समापनमा ह्यारिसले अमेरिकाको भविष्यप्रति आफू र ट्रम्पको धारणा पूर्ण भिन्न रहेको बताइन् । आफूलाई भविष्यको ध्यान भएको तर ट्रम्पचाहिँ विगतमा भड्किएको उनको भनाई थियो ।
- ९/११
२१औँ शताब्दीको पहिलो दुई दशक विश्व राजनीतिका प्रमुख घटनाको सूची बनाउने हो भने हामी अमेरिकाले ‘आतंकवाद विरोधी युद्ध’को नाममा सुरु गरेको विभिन्न मुलुकमाथिको सैन्य हस्तक्षेपसम्म पुग्छौँ । चाहे त्यो अफगानिस्तानमा भएको आक्रमण होस् वा इराकमा गरिएको आक्रमण नै किन नहोस् ।
- प्रश्नको घेरामा धनराज
नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ सहकारी रकम अपचलन गरी ठगी गरेको आरोप झेलिरहेका छन् । ललितपुरको महालक्ष्मीस्थित मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको विवरण सञ्चार माध्यममार्फत सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् ।
- विवादैविवादको चङ्गुल
पार्टी संस्थापनाको छोटो समयमै संसदीय राजनीतिमा चौथो शक्ति बन्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय राजनीतिमा आएपछि एक पछि अर्को विवादको चङ्गुलमा फसिरहेको छ । रास्वपामा पार्टी सभापति रवि लामिछानेदेखि पार्टीबाटै प्रतिनिधित्व गरेर उपसभामुख बनेकी इन्दिरा राना मगर सम्म विवादको घेरामा तानिएकी छन् ।
- रासायनिक मल वितरण
सरकारले रासायनिक मल वितरण प्रणाली थप व्यवस्थित गर्ने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७’ संशोधन गरी मल वितरण प्रणाली व्यवस्थित गर्न लागेको हो ।
- संसद् बैठक
नेकपा माओवादी केन्द्रको अवरोधपछि प्रतिनिधिसभा बैठक भदौ ३० गतेसम्म स्थगित भएको छ । जनयुद्धलाई ‘हिंसा’को रुपमा ब्याख्या गरिएको भन्दै माओवादीले बुधबारको संसद अवरुद्ध गरेको हो ।
- निसाना संवैधानिक नियुक्ति
उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र ‘पदीय आचरण विपरीत’ भएको आरोप लगाउँदै सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले उनको राजीनामा मागिरहेका छन् ।
- मधेस परामर्श बैठक
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र अब गुटबन्दी सह्य नहुने बताएका छन् । दुई दिनसम्म महोत्तरीको बर्दिबासमा चलेको मधेस प्रदेशको परामर्श बैठकमा बुधबार उठेका प्रश्नको जवाफ दिँदै उनले एकताबद्ध भएर पार्टी निर्माणमा लाग्न निर्देशन दिएका हुन् ।
- दसैँ तयारी
सार्वजनिक सवारीमा दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुलाइने भएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघका सल्लाहकार सुरेश हमालले असोजको पहिलो सातादेखि अग्रिम टिकट बुकिङ खुलाइने जानकारी दिए ।
दसैँ आउन एक महिना बाँकी भए पनि यात्रुहरूले हवाई टिकटको बुकिङ सुरु गरिसकेका छन् । अधिकांश टिकट अनलाइनबाटै बुकिङ हुने कारणले गर्दा एयरलाइन्स कम्पनीहरूले दसैँका लागि अग्रिम बुकिङ खुलाउँदैनन् । तर पछि अभाव हुने डरले यात्रुहरूले अहिले नै बुकिङ थालिसकेका छन् ।
सरकारले दसैँका लागि १ हजार ८०० वटा खसीबोका र च्याङ्ग्रा राजधानीमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो दसैँका लागि १ हजार ५०० वटा खसीबोका र ३०० वटा च्याङ्ग्रा ल्याउने भएको हो ।
- कोटिहोम विवाद
पशुपतिनाथ मन्दिर परिसरमा आयोजित कोटिहोममा भएको ‘विबाद’बारे छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ‘कृष्णमूर्तिजी महाराज’ भनेर चिनिने विजय भण्डारीलाई प्रहरीले पशुपतिनाथमा धरपकड गरेपछि भएको विवादमा संलग्नहरूलाई ‘सचेत’ गराउन समितिले स्थानीय प्रशासनलाई सिफारिस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामतीमा सेवा प्रवेश ३२ वर्ष कायम गर्ने लोकसेवाको प्रस्ताव
-
त्रिभुवन विश्वविद्यालयमा नियुक्तिसँगै किन हुन्छ धर्ना ?
-
भारतीय ब्याट्सम्यानको निराशाजनक प्रदर्शन, पहिलो दिन ११ विकेट खस्यो
-
वरिष्ठ अमेरिकी सेना थिए ट्रम्पको होटल अगाडि पड्किएको ट्रकको चालक
-
पशुपति क्षेत्र विकास कोषका दुई जना परिषद् सदस्यविरुद्ध दायर रिट खारेज
-
कर्तव्यज्यान मुद्दाका आरोपी प्रहरी कार्यालयमा हाजिर