कलाकारले चलचित्र प्रवर्द्धनमा सहयोग नगरेको चलचित्रकर्मीको गुनासो
काठमाडौँ । नेपाली चलचित्रको प्रवर्द्धनका कलाकारले खासै ध्यान नदिएको गुनासो चलचित्र क्षेत्रका संघसंस्था तथा पुराना चलचित्रकर्मीले गरेका छन् । कलाकारले चलचित्र क्षेत्रको प्रवर्द्धन त परै जाहोस्, आफूले अभिनय गरेको चलचित्र प्रवर्द्धनमा समेत ध्यान दिन छोडेको आरोप उनीहरूको छ । विशेष गरेर पछिल्लो समय भित्रिएका कलाकारमा यस्तो प्रवृत्ति हाबी रहेको उनीहरूको भनाई थियो ।
नेपाल चलचित्र कलाकार संघको २६औँ स्थापना दिवसको अवसर पारेर बुधबार चलचित्र विकास बोर्डमा आयोजित ‘नेपाली चलचित्र प्रवर्द्धनमा कलाकारको भूमिका’ विषयको अन्तर्क्रिया कार्यक्रममा अहिलेका कलाकारले संघसंस्थाको महत्त्व समेत नबुझेको चर्चा भयो । आफूहरूलाई अप्ठ्यारो पर्दा सम्झने, संघसस्थाले केही गरेन भन्ने र कार्यक्रम वा गतिविधिमा भने सहभागी नहुने गरेको धेरैको भनाई थियो । ‘नेपाली चलचित्र प्रवर्द्धनमा कलाकारको भूमिका’ विषयक कार्यक्रममा कसले के बोले ?
नीर शाह (वरिष्ठ कलाकार):
नेपाली चलचित्रको प्रवर्द्धनमा कलाकारको भूमिकामा मेरो दृष्टिकोण सैद्धान्तिक र दार्शनिक दृष्टिकोमा आधारित रहनेछ । अहिले कलाकारको विषयमा जति गुनासो आयो । त्यसको मुख्य कारण हामीले प्रतिपादन गरेका सैद्धान्तिक र दार्शनिक धरातलले मेल नखानुको कारणले उत्पन्न भएको हो । यी समस्या यदि समाधान उन्मुख हुन्छन् भने त्यसलाई हामीले सैद्धान्तिक रूपबाट नै अन्त्य गर्न सक्छौ, अन्यथा असत्य गर्न सक्दैनौ । अहिले छलफलका विषय पनि सैद्धान्तिक र दर्शनिक हुन् भन्ने मैले अनुभव गरेको छु । सबैभन्दा हामीले कलाकार भनेको के हो भन्ने बुझ्नुपर्छ । कलाकारितामा लामो यात्रा गर्दा मैले अभिनय कला भनेको इम्पैसनहरुको एक्प्रेसन हो भन्ने बुझे । अर्थात प्रभावहरूको अभिव्यक्ति हो । कुनै न कुनै कुरामा प्रभावित नभई त्यो कुरा अभिव्यक्त गर्न सक्नुहुन्न । आफूलाई प्रभावित गर्ने कुरा जति राम्रोसँग गर्न सक्यो । त्यो त्यति राम्रो कलाकार भयो । हामी के प्रभावमा परेका छौ, त्यो बुझेपछि मात्र प्रभावबाट मुक्त हुनसक्छौँ । चलचित्र क्षेत्रमा रहेको सबै गुनासाको उत्तर प्राप्त हुनेछ । जुनै चलचित्र क्षेत्रको विकास पनि कलाकारको अग्रणी भूमिकाले अगाडि बढेको देखिन्छ । जति पनि चलचित्र उद्योगमाथि छ त्यसमा कलाकारले अग्रणी भूमिका निर्वाह गरेका छन् । नेपाली चलचित्र उलेगमा हामीले विश्लेषण गर्नुपर्ने कुरो केले बढी प्रभाव पार्यो भन्ने हो । त्यसले हामीलाई लामोसमयसम्म मुक्त नहुने गरेर प्रभाव पार्यो । कलाकार चलचित्र प्रवर्द्धनमा अभाव पनि त्यही प्रभावको प्रतिफल हो । सबै आवरणिय रूपान्तरमा परेर हामस् भित्र रहेको ग्रहण कलामा पकड जमायो । त्यसलाई परिवर्तन गर्ने क्षमता र चिन्नतको अभाव देखियो ।
नवल खड्का (अध्यक्ष निर्माता संघ):
एउटा भनाई छ ‘जसले इतिहासलाई सम्झँदैन, सम्मान गर्दैन । त्यसको वर्तमान हुँदैन । जसको वर्तमान छैन भने त्यसको भविष्य हुने कुरो भएन’ हाम्रा अग्रजले यो चलचित्र उद्योग कसरी अहिलेको अवस्थामा ल्याए र अब हामीले भावी सन्ततिलाई के दिने भन्ने कुरा अहिलेको जेनरेनिमा मैले पाएको छैन । शोकल स्टारहरु, जसले आफूले आफूलाई स्टार मान्यो, तर पब्लिकले तिनीहरूलाई स्टार मनेजस्तो मलाई लाग्दैन । कसैले उसलाई परिश्रमिक ५० लाख दिन्छ भने त्यो उसको कारणले उठ्नुपर्यो नि । फिल्म दुई शो समेत नचलेको अवस्था छ । निर्माता संघका कलाकारले भनेजति पैसा लिएर पनि फिल्मको प्रचार प्रसारमा नआएको व्यापक गुनासो निर्माताको छ । साना कलाकार कहाँ के गर्नुपर्छ भनेर सोधेर प्रचारमा लाग्छन् । स्टार भने घरमै बसेर वा अन्त गएर असहयोग गरिरहेको अवस्था छ । यो विषयमा छलफल गर्नुपर्नेछ । आचारसंहिता भन्ने पनि हुन्छ होला । कानुनका कुरा पनि हुन्छ । सबै बसेर यसमा लाग्नुपर्छ ।
बसुन्धरा भुषाल (वरिष्ठ कलाकार):
चलचित्र विकास बोर्ड जन्माउने कलाकार संघ हो । ती गुन चलचित्र विकास बोर्डमा आउने पदाधिकारीले कहिल्यै सम्झिएन । विकास बोर्डसँगसँगै चलचित्रकर्मी कल्याणकारी कोष जन्मिएको हो । एउटा फिल्मको ५ सय दिएपनि अहिले चलचित्र कल्याणकारी कोष धेरै हुन्थ्यो । कलाकारलाई जब दुःख पर्छ कलाकार संघ चाहिन्छ । पारिश्रमिक रोकिन्छ कलाकार संघ चाहिन्छ । अहिलेका नायक, नायिका कार्यक्रममा नदेख्दा दुःख लागेको छ । चलचित्र र चलचित्र क्षेत्रको प्रवर्द्धनमा नदेख्दा दुःख लागेको छ । कलाकार संघ बलियो भयो, हामी एक जुट भयौ भने सरकालाई दबाब दिनसक्छौ । म जस्तै नयाँ भाइबहिनीले पनि कलाकारको हकहित र चलचित्रको प्रवर्द्धनमा लाग्नुपर्यो ।
कृष्ण मल्ल (वरिष्ठ कलाकार):
जसलाई सुनाउनुपर्ने हो ती कलाकारको कार्यक्रममा कमी देखेको छु । ‘ए’ क्लासको कलाकारलाई ‘ए’ क्लासको फिल्ममा लिँदा ‘ए’ क्लासको दाम दिएको हुन्छ । त्यो गर्नु भनेको आफैमा चलचित्र प्रवर्द्धन हुन्छ भन्नु हो । चलचित्र प्रवर्द्धनका कलाकारको फेस भ्यालु हुन्छ । फेस भ्यालु भएको कलाकारले प्रवर्द्धनमा साथ दिनुपर्छ । स्टार कलाकारले आफ्नो फिल्मका लागि मात्र होइन । सम्पूर्ण फिल्म उद्योगको प्रवर्द्धनमा लाग्नु पर्यो ।
जनकदीप पराजुली (अध्यक्ष निर्देशक समाज):
हामी कलाकारलाई पारिश्रमिक दिएर सम्झौता गर्छाैं । यसको गाइडलाइनमा म अनविज्ञ भए । उहाँहरूको जिम्मेवारी, भूमिका अव विकास बोर्ड प्रस्ट पार्नुपर्छ । पारिश्रमिकमा चलचित्र खेल्ने मात्र होइन, चलचित्र प्रचारको अलवा चलचित्र क्षेत्र प्रवर्द्धनमा समेत सहयोग गर्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा रविविरुद्धको मुद्दामा ४ घण्टा बहस, सरकारी वकिलले के–के भने ?
-
६ महिनामा साढे एक करोडभन्दा बढी कण्डम आयात
-
सिरहाबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
-
प्रेस सेन्टर मोरङको अध्यक्षमा कर्ण सर्वसम्मत चयन
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट हटाउन सांसदहरूको जोड
-
भन्सार जाँचपास सम्बन्धि प्रक्रिया सहज बनाउन सरकारलाई सुझाव