बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुन संशोधन गर्न स्वास्थ्यले कानुन मन्त्रालयसँग माग्यो राय

बुधबार, २६ भदौ २०८१, १९ : २४
बुधबार, २६ भदौ २०८१

काठमाडौँ । अस्पतालहरूमा स्वास्थ्य उपचारका सिलसिलामा चिकित्सकहरूमाथि हुने आक्रमणको सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कानुन संशोधनको तयारी गरेको छ । 

यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक दोस्रो संशोधनको मस्यौदा गरेको मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग राय मागेको छ ।

चिकित्सकहरूले उपचारकै क्रममा बेलाबखत आफूमाथि आक्रमण तथा धम्की आउने गरेको भन्दै सुरक्षा माग गर्दै आएका छन् । यसलाई सम्बोधन गर्न गत साउन २७ गते स्वास्थ्य प्रदीप पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा चिकित्सकको सुरक्षा सुनिश्चित गर्दै आवश्यक नीतिगत सुधार गर्ने उल्लेख थियो । सोही अनुसार कानुन संशोधनको तयारी गर्दै मन्त्रालयले कानुन मन्त्रालयसँग राय मागेको हो ।

संशोधन प्रस्ताव गरिएको व्यवस्थाले कार्यरत स्वास्थ्य केन्द्रमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात भएमा तत्काल गैरजमानति गिरफ्तार (जेल विदआउट वेल) गर्ने सम्मको प्रावधान समेटिएको छ ।

चिकित्सकको सुरक्षामा थप योगदान दिने मन्त्री पौडेलको सचिवालयले जनाएको छ । कानुनबाट राय प्राप्त भएपछि मन्त्रालयले विधेयकको प्रक्रिया अघि बढाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप