वाल्डो क्यासिनोका म्यानेजर पक्राउ
_c8wEFdyEVQ.jpg)
काठमाडौँ । ६० किलो सुन प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ठमेलस्थित वाल्डो क्यासिनोका म्यानेजरलाई पक्राउ गरेको छ । क्यासिनो म्यानेजर तथा लेखा हेर्ने टेरेन्स टिएसईलाई पक्राउ गरिएको सीआईबीका एआईजी दीपक थापाले बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा ‘वाल्डो क्यसिनो’ पनि जोडिएको थियो । सुन तस्करले अनधिकृत रूपमा क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्युरोले क्यासिनोमाथि अनुसन्धान गरिरहेको थियो ।
चिनियाँ नागरिक टेरेन्स काठमाडौँ आएको सुराक पाएपछि ब्यूरोको टोलीले उनलाई पक्राउ गरेका हुन् । चिनियाँ सुन तस्कर ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग वाल्डोमा खेल्न गइरहन्थे । तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका ‘एलेक्स’ ले वाल्डो क्यासिनोमार्फत अनधिकृत रूपमा रकम हङकङ पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
चिनियाँ नागरिकको व्यवस्थापनमा संचालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि संचालनमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द
-
जिमेलमा अश्लील तस्बिर राख्दा खुल्यो पोल, यसरी पक्राउ परे छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबिच समझदारीपत्रमा हस्ताक्षर