राजनीति
सांसदहरूलाई उपत्यका बाहिर नजान कांग्रेसद्वारा ह्विप जारी
बुधबार, २६ भदौ २०८१, २३ : ०७

काठमाडौँ । नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान ह्विप जारी गरेको छ । कांग्रेसले २०८१ असोज ३ गतेसम्म काठमाडौँ उपत्यका बाहिर नजान र बाहिर रहेका सांसदहरूलाई यथाशीघ्र काठमाडौँ आउन समेत ह्विप जारी गरिएको कांग्रेसका एक सांसदले बताए ।
उपसभामुख इन्दिरा राना मगरविरुद्ध प्रस्ताव ल्याउने तयारीमा सत्ता पक्ष रहेकाले कांग्रेसले यस्तो निर्देशन आफ्ना सांसदहरूलाई जारी गरेको हो । कांग्रेसले पदीय आचार विपरीतको काम गरेको भन्दै उनीविरुद्ध प्रस्ताव दर्ता गर्ने तयारीकै कारण नेकपा एमालेले यसअघि आफ्ना सांसदहरूलाई उपत्यका बाहिर नजान भनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा